चैत २२ काठमाडौ – स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बसेकाे सत्ता गठबन्धनको बैठक सकिएकाे छ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे थियाे।

उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको ब्रीफिङ गर्दै समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष पेश गरेका हुन। त्यसैगरी गठबन्धनको तर्फबाट रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरिएकाे प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाकाे सचिवालयले जनाएको छ।

त्यसैगरी देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसङ्ग एक वृहत् अन्तर्कृयाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय समेत गरिएको छ।

उम्मेदवार चयन पूर्व सबैजसो जिल्लामा सत्ता गठबन्धनका नेता सम्मिलित संयन्त्र निर्माण गरेर दलहरु उम्मेदवारी दिने स्थानीय तह भागवण्डाको गृहकार्यमा जुटेका छन।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार