चैत २२ सल्यान – सल्यानको श्रीनगरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन।
मृत्यु हुनेमा शारदा नगरपालिका -१ दारिमचौर बस्ने जिप सह-चालक १८ वर्षिय नारायण ओली रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा परि गम्भीर घाइते भएका ओलीको उपचारको क्रममा श्रीनगरस्थित कर्णाली अस्पतालमा मृत्यु भएको र चालक २१ वर्षिय थलराज ओली सामान्य घाइते भएकाे र प्रहरी नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
शारदा नगरपालिका वडा नं. १ को दारिमचौर स्थित कच्ची सडक खण्डमा मंगलबार बिहान करिब ६ बजेतिर दारिमचौर सल्यानबाट श्रीनगरतर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जिप सडकबाट करिब १५ मिटर तल खसेकाे र घटनास्थलमा इलाका प्रहरी कार्यालय सितलपाटीबाट प्रहरी नायव निरीक्षक यामबहादुर बस्नेतकाे कमान्डमा पुगेकाे प्रहरी टाेली र स्थानीयहरुले घाइतेहरुकाे उद्वार गरेकाे र थप अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालयबाट एसओेसिओ सहितकाे टाेली सहित आफै घटनास्थल पुगेर स्थलगत अनुगमन गरि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।