चैत २१, सल्यान – जनकल्याण नमुना मावि थारमारेमा आज एक कार्यक्रमकाबिच खेलमैदानको पर्खाल उद्घाटन तथा लेखापाल वेलाराम रावलको बिदाइ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त खेलमैदान पर्खाल उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले भौतिक संरक्षनासँगै सम्पूर्ण विद्यार्थी बागचौर नगरपालिकाका सम्पत्ति भएको बताउँदै यीनको संरक्षणमा सदैव लाग्ने बताएका छन । उनले योसँगै विद्यालयमा निर्मित सभाहलको पनि तत्काल उद्घाटन गर्ने बताए । विद्यालयमा भौतिक रुपमा संरचना बन्दै जाने कुरा क्रमागत भएको र यश भित्रका विद्यार्थीहरु कस्ता उत्पादन भैराखेका छन त्यस कुराले महत्त्व राख्ने बताए ।
बुढाथोकीले जनकल्याण नमुना मावि बागचौरको एक नमुना मावि रहेको र नमुना विद्यालयले नमुना रुप धारणा गर्न र अन्य विद्यालयको गुरु विद्यालय बन्न आग्रह समेत गरेका छन ।

त्यस्तै कार्यक्रममा २०३९ सालदेखि विद्यालयमा कार्यरत लेखापाल वेलाराम रावलको उमेर हदका कारण स्वेच्छिक अवकाश भएकोले बिदाइ तथा अभिनन्दन गरिएको थियो । आ.व.२०७५/०६७ मा बागचौर नगरपालिकाबाट विनियोजित बजेटबाट सम्पन्न उक्त पर्खाल ४५ लाखमा निर्माण भएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमप्रकाश भण्डारीको अध्यक्षतामा संचालित कार्यक्रममा वि.व्य.स अध्यक्षहरू , व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू लगायत शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रमको बारेमा स्पष्ट विद्यालयका प्र.अ. डा. पुर्ण बहादुर भण्डारीले गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका निमित्त प्र.अ. तुल्सीराम बस्नेतले गरेका थिए ।
यस्तै आज नै एक कार्यक्रमका बिच बागचौर नगरपालिकाको आर्थिक सहयोग र सुहारा सल्यानको सहजीकरणमा संचालित बागचौर नगरपालिकाको १२ वटै वडामा सुनौला हजार दिने आमाहरुलाई वितरण गरिने सर्वोत्तम पौष्टिक आहारा अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा बागचौर नगरपालिका वडा नं. २ का सम्पुर्ण सुनौलो हजार दिने आमाहरुका लागि सर्वोत्तम पौष्टिक आहारा पिठो वितरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार