चैत २१ सल्यान – सिँचाइ योजना निर्माण, कृषि तथा पशुपालन अनुदानमा बागचौर नगरपालिकाको पाँच वर्षको बजेट तथा कार्यक्रमहरुको वडागत एवं समष्टिगत विवरण सार्वजनिक गरेकाे छ।

पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका योजनाहरुको प्रारम्भिक विवरण अनुसार बागचौर नगरपालिकामा सिँचाइ योजना निर्माण, कृषि तथा पशुपालन अनुदान तर्फको कुल जम्मा विनियोजित बजेट रकम रु.१५ करोड ६० लाख ५ सय ७० रहेकाे नगरपालिकाले जनाएको छ।

वडा नं. १

१) सिर्जनशील बहुउद्देश्यीय कृषि तथा पशुपालन कम्पनी लिमिटेड बानपा १, अनुदान २० लाख, स्थानीय सरकार ।
२) कोटबेत धारापानी सिँचाइ योजना निर्माण २२ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
३) न्यायघाट कालाखेत, बरारुख सिचाइ योजना ६ लाख ।
४) पनेरिखोला ध्याप सिचाइ कुलो १० लाख (क्रमागत) ।
५) गोर्खेखोला देखि जीउला सिँचाइ कुलो निर्माण ३ लाख ५० हजार ।
६) चारखोला देखि सिमखेतसम्म सिँचाइ कुलो मर्मत १ लाख ५० हजार ।
७) कलाखेत सिँचाइ कुलो क्रमागत ७ लाख ।
कुल जम्मा रु.७० लाख ।

वडा नं. २

१) जंघार सिँचाइ कुलो निर्माण १० लाख, प्रदेश सरकार ।
२) शारदा फारुला सिँचाइ कुलो निर्माण ५० लाख (क्रमागत), संघीय सरकार ।
३) टाट्के सिँचाइ कुलो १६ लाख, प्रदेश सरकार ।
४) दुईखोला चौराल टाट्के सिँचाइ कुलो ८ लाख (क्रमागत), स्थानीय सरकार ।
५) रिठ्ठाबोट टाट्के सिँचाइ कुलो ४ लाख, स्थानीय सरकार ।
६) जुम्लेबाँध सिँचाइ कुलो ३ लाख (क्रमागत), स्थानीय सरकार ।
७) खरीबोट ठुलाखेत सिँचाइ कुलो १० लाख (क्रमागत), स्थानीय सरकार ।
८) पान्ढल खोला सिँचाइ कुला १३ लाख (क्रमागत), स्थानीय सरकार ।
९) भालुखोला सिँचाइ कुलो ३ लाख (क्रमागत), स्थानीय सरकार ।
१०) सुन्टाले रह देखि भिम बहादुरका घरसम्म सिँचाइ कुलो २ लाख ।
११) गैरामिरा सिँचाइ कुलो १ लाख ५० हजार ।
१२) ठिनबाङखोला सिँचाइ कुलो १ लाख ।
१३) कोलबोट धाराखोली सिँचाइ पोखरी २ लाख ५० हजार ।
१४) सिँचाइ पोखरी अनुदान (८वटा) ८ लाख, स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
१५) प्लास्टिक टनेल निर्माण अनुदान ५० वटा १० लाख, स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि क्षेत्र विकास कार्यक्रम ।
१६) जीवन डेरी उद्योग बागचौर दुध संकलन केन्द्र संचालन तथा गाडी खरिद अनुदान ३४ लाख (क्रमागत), प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
कुल जम्मा रु.१ करोड ७६ लाख ।

वडा नं. ३

१) भैंसीको भकारो सुधार (३० वटा) ३ लाख, स्थानीय सरकार ।
२) सिचाइ पोखरी निर्माण (१४ वटा) ३० लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम ।
३) हाते टेक्टर वितरण (११ वटा) थाराचौर, रातपहरा कृषक समूह ४ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम ।
४) रातपहरा, थाराचौर बाख्रापालन समुहलाई अनुदान ११ लाख, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
५) दारे कृषक समुहलाई अनुदान ७ लाख, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
६) पुतलीबास कृषक समुहलाई अनुदान ९ लाख, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
७) रातपहरा कृषक समूह घाँस काट्ने मेसिन खरिद अनुदान ७५ हजार, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
८) सोतागार कृषक समुह दाना मेसिन खरिद अनुदान ७० हजार, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
९) सोतागार कृषक समुहलाई बाख्रापालन अनुदान ३ लाख, कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ।
१०) थाराचौर कृषक समुहलाई अनुदान १ लाख, स्थानीय सरकार ।
११) रातपहरा, थाराचौर कृषि टनेल निर्माण अनुदान (३० वटा) २ लाख ८० हजार, स्थानीय सरकार ।
१२) जुगेखोली सिचाइ योजना निर्माण ४ लाख ।
१३) चेप्टेडाँडा सिचाइ पोखरी निर्माण २ लाख ।
१४) लाटागार सिचाइ कुलो निर्माण २ लाख ।
१५) स्याउखोला सिचाइ योजना ५० हजार ।
१६) सिचाइ पोखरी निर्माण २ लाख ।
१७) सगेनडाँडा सिचाइ योजना निर्माण २ लाख ।
१८) थाराचौर नाउलाती सिचाइ पोखरी २ लाख ।
१९) थाराचौर काब्रा रुखती सिचाइ पोखरी २ लाख ।
२०) सिचाइ पोखरी निर्माण (१४ वटा) ३० लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम ।
२१) बग्गेश्वरी कृषक समूह थाराचौर सिचाइ टंकी निर्माण १ लाख, स्थानीय सरकार ।
कुल जम्मा रकम रु.१ करोड १९ लाख ७५ हजार ।

वडा नं. ४

१) अदुवा बेसार पकेट क्षेत्र कार्यक्रम घर्तिगाउँ ६ लाख, प्रदेश सरकार ।
२) बाख्राको खोर सुधार कार्यक्रम (३२ वटा) ६ लाख, कृषि क्षेत्र विकास कार्यक्रम ।
३) भैंसीको भकारो सुधार कार्यक्रम (४० वटा) १० लाख, स्थानीय सरकार ।
४) सिमखोली लौराबाङ चौतारा भैंसी पालन समूहलाई अनुदान २५ लाख, स्थानीय सरकार र प्रदेश सरकार साझेदारी । (कार्यान्वयनको क्रममा रहेको)
५) भगवती डेरी उद्योग लौराबाङ्ग दुध संकलन केन्द्र निर्माण अनुदान ६ लाख, स्थानीय सरकार ।
६) अदुवा बेसार पकेट क्षेत्र कार्यक्रम घर्तिगाउँ ६ लाख,
७) लौराबाङ बाख्रा फर्म अनुदान १ लाख, स्थानीय सरकार ।
८) पात्ले खेत देखि सिमखोली हुँदै ठाम्मरबोट सिँचाइ कुलो निर्माण २० लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
९) पातले खेत देखि छारे ओरालसम्म सिँचाइ योजना (क्रमागत) १३ लाख ५० हजार । (कार्यान्वयनको क्रममा रहेको) प्रदेश सरकार र स्थानीय सरकार साझेदारी ।
१०) आगर खोली देखि घर्तिगाउँ सिँचाइ ट्यांकी निर्माण ३ लाख ।
११) घर्तिगाउँ लिफ्ट सिँचाइ योजना ५ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
१२) दुधलाबोट लिफ्ट सिँचाइ योजना १० लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
१३) रातिघारी लिफ्ट सिँचाइ योजना १० लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
कुल जम्मा रु.१ करोड २१ लाख ।

वडा नं. ५

१) भण्डारी व्यावसायिक बाख्रापालन फर्म खोर निर्माण अनुदान ५ लाख, प्रदेश सरकार ।
२) लालीगुराँस बाख्रापालन समुह खोर निर्माण अनुदान ३ लाख, कृषि क्षेत्र विकास कार्यक्रम ।
३) राजेन्द्र भण्डारी बाख्रा फर्म खोर निर्माण १ लाख, स्थानीय सरकार ।
४) केसी बहुउद्देश्यीय बाख्रापालन फर्म खोर निर्माण अनुदान १ लाख, स्थानीय सरकार ।
५) हरियाली बाख्रापालन कृषक समूह खोर निर्माण अनुदान ४ लाख, कृषि क्षेत्र विकास कार्यक्रम ।
६) भैंसीको भकारो सुधार (२५ वटा) ३ लाख ७५ हजार, स्थानीय सरकार ।
७) जनजागरण गाई फर्म तथा दुध संकलन केन्द्र उन्नत जातका गाई खरिद, गोठ निर्माण तथा व्यवस्थापन अनुदान ११ लाख, प्रदेश सरकार ।
८) शारदा खोला देखि नाउला चौर लिफ्ट सिचाइ योजना १० लाख, प्रदेश सरकार ।
९) घरस्वारा सिचाइ पोखरी निर्माण ४ लाख ।
१०) खुरखुरे ठुली रह देखि रारेचौर सिचाइ कुलो निर्माण ५ लाख ।
११) घरस्वारा धैरेनी सिचाइ ट्याङ्की निर्माण ५ लाख ।
१२) नाउला सिचाइ ट्याङ्की निर्माण १ लाख ।
१३) टुनीबोट मुहान देखि बेलनेटा सिचाइ योजना (कृषक समुह) ७ लाख, सेब्रेट नेपाल संस्था ।
१४) सिर्पा कृषक समुह सिचाइ ट्याङ्की निर्माण २ लाख, सेब्रेट नेपाल संस्था ।
१५) काँरागाउँ कृषक समुह सिचाइ ट्याङ्की २ लाख, सेब्रेट नेपाल संस्था ।
कुल जम्मा रु.५४ लाख ७५ हजार ।

वडा नं. ६

१) बाख्राको खोर निर्माण अनुदान (६० वटा) ८ लाख ४० हजार, ASHA परियोजना ।
२) भैसिको भकारो सुधार अनुदान (४० वटा) ५ लाख ६० हजार, स्थानीय सरकार ।
३) साना हिम, दुधलाबोट, लिरेडाँडा, पोखरा, सिमखोला, नाउली, बाङ्तिरे र ठुला हिम सिचाइ पोखरी ६ वटा ३० लाख । (ASHA परियोजना) ।
४) च्याउखोला देखि मेलटाकुरासम्म सिचाइ कुलो २ लाख ।
कुल जम्मा रु.४६ लाख ।

वडा नं. ७

१) सुन्तला, कागती, टिम्मुरका बिरुवा वितरण १० लाख ।
२) भैंसीको भकारो सुधार (क्रमागत) ३ लाख, स्थानीय सरकार ।
३) बाख्राको खोर सुधार ४ लाख, ASHA परियोजना ।
४) समाज विकास कृषि समूह तिर्थेटाकुरा भैंसीपालन कार्यक्रम अनुदान २२ लाख, प्रदेश सरकार ।
५) नवज्योति कृषि सहकारी संस्था सानागाँडाकोट अदुवा, बेसार खेती तथा कृषि औजार खरिद अनुदान २२ लाख, प्रदेश सरकार ।
६) सिर्जनशील बहुउद्देश्यीय कृषि सहकारी संस्था उन्नत जातका बाख्रा, बोका खरिद अनुदान १६ लाख, प्रदेश सरकार ।
७) कृषि तथा पशुपालन फर्महरुलाई विभिन्न शिर्षकमा प्राप्त अनुदान ३५ लाख, स्थानीय सरकार र प्रदेश सरकार ।
८) कृषिजन्य वस्तु संकलन केन्द्र निर्माण टाट्के बजार ५ लाख, स्थानीय सरकार ।
९) बयासाकुरा, खलटाकुरा सिँचाइ कुलो निर्माण १० लाख, ASHA परियोजना ।
१०) स्यालाखेत जोखाटाकुरा सिँचाइ कुलो निर्माण ९ लाख, ASHA परियोजना ।
११) घर्तिखोर्या सिँचाइ कुलो निर्माण ११ लाख, ASHA परियोजना ।
१२) तल्लो मेलबोट सिँचाइ कुलो निर्माण ३ लाख ५० हजार, स्थानीय सरकार ।
१३) आघ्रला, देवलीबोट सिँचाइ कुलो ८ लाख, ASHA परियोजना ।
१४) बेलटाकुरा सिँचाइ ट्याङ्की निर्माण ५ लाख, प्रदेश सरकार ।
१५) छरिखोला कानीगारे सिँचाइ कुलो २० लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
१६) सिचाइ पोखरी निर्माण अनुदान (४ वटा) ४ लाख, स्थानीय सरकार ।
कुल जम्मा १ करोड ८७ लाख ५० हजार ।

वडा नं. ८

१) बाख्राको खोर सुधार (११० वटा) १६ लाख ५० हजार, ASHA परियोजना ।
२) उन्नत बोका वितरण (२ वटा) ४० हजार ।
३) बीउ बिजन वितरण तथा प्लास्टिक टनेल निर्माण ३ लाख, पहाडी साना किसान ASHA परियोजना ।
४) बाख्रा वितरण दलित लक्षित कार्यक्रम (क्रमागत) ३ लाख ५० हजार, स्थानीय सरकार ।
५) फुट स्प्रे तथा अन्य कृषि सामाग्री वितरण कार्यक्रम ३ लाख, स्थानीय सरकार ।
६) बुरेली सिँचाइ कुलो मर्मत २० लाख (क्रमागत) स्थानीय सरकार र जिल्ला सिँचाइ कार्यालय सल्यान साझेदारी ।
७) भडारे सिँचाइ आयोजना ३५ लाख (क्रमागत) स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला सिँचाइ कार्यालय र संघीय संसद विकास कोष साझेदारी ।
८) टाट्के सिँचाइ पोखरी निर्माण २ लाख ।
९) ताउल्या रह बलमाटे सिँचाइ कुलो निर्माण ४ लाख, स्थानीय सरकार ।
१०) भडारे सिँचाइ पोखरी निर्माण २ लाख, स्थानीय सरकार ।
११) सल्लाबोट सिँचाइ पोखरी निर्माण २ लाख, स्थानीय सरकार ।
१२) बिउरेखोला नेटा सिँचाइ पोखरी निर्माण १ लाख ५० हजार, स्थानीय सरकार ।
१३) आरुबोट सिँचाइ पोखरी निर्माण ३ लाख, स्थानीय सरकार ।
१४) टाकुरा सिँचाइ पोखरी निर्माण ३ लाख, स्थानीय सरकार ।
१५) टाट्के सिँचाइ पोखरी निर्माण २ लाख, स्थानीय सरकार ।
१६) तल्लो जिउला सिँचाइ पोखरी निर्माण ३ लाख, स्थानीय सरकार ।
१७) चैतिगारे सिँचाइ पोखरी मर्मत १ लाख, स्थानीय सरकार ।
१८) भाङ्गाचौर सिँचाइ पोखरी निर्माण २ लाख, स्थानीय सरकार ।
१९) ठुलाखोला कुलाडाँडा सिँचाइ पोखरी निर्माण २ लाख, स्थानीय सरकार ।
२०) सिँचाइ पोखरी निर्माण (२ वटा) तथा कृषि सामाग्री वितरण ९ लाख, सुन्तला ब्लक कार्यक्रम, प्रदेश सरकार, कृषि ज्ञान केन्द्र रुकुम पश्चिम ।
२१) खारखोला सिँचाइ पोखरी निर्माण २ लाख ५२ हजार, ASHA परियोजना ।
२२) रानीसल्ला सिँचाइ पोखरी निर्माण ४ लाख, ASHA परियोजना ।
२३) तिल्चा सिँचाइ पक्की कुलो निर्माण ६ लाख ६१ हजार ५७०, पहाडी साना किसान ASHA परियोजना ।
२४) वडा नं. ८ लिफ्ट सिँचाइ आयोजना ६ लाख ७४ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)
२५) तल्लो रतिगारे धारे पाखा हुँदै नयाँ बिरौटा सिँचाइ पक्की कुलो निर्माण ५ लाख ५० हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)
कुल जम्मा रु.१ करोड ४३ लाख २७ हजार ५७० ।

वडा नं. ९

१) नमुना बग्गेश्वरी भैंसीपालन कृषक समुह बानपा ९
i) भैंसी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम अनुदान ४५ लाख, स्थानीय सरकार र प्रदेश सरकार साझेदारी ।
ii) दुध संकलन केन्द्र स्थापना अनुदान धामिढुङ्गा ५ लाख, स्थानीय सरकार ।
iii) दूध संकलन केन्द्र स्थापना हरिपुर ५ लाख, प्रदेश सरकार ।
२) स्वाभिमान कृषि सहकारी संस्था लिमिटेड बानपा ९
i) किबि चक्लाबन्दी अनुदान २९ लाख (क्रमागत), प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
ii) अदुवा चक्लाबन्दी अनुदान ८ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम ।
३) ढकाल बहुउद्देश्यीय कृषि तथा पशुपालन फर्म बानपा ९ बथान
i) नर्सरी प्रवर्द्धन कार्यक्रम ६ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
ii) स्रोत केन्द्रहरुको गुणस्तर व्यवस्थापन तथा स्रोत बीउ बिरुवा सहयोग कार्यक्रम अनुदान २ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
४) संजय एण्ड सिर्जना बहुउद्देश्यीय कृषि फर्म बानपा ९ बथान ।
i) कृषि औजार खरिद तथा सिँचाइ पोखरी निर्माण २ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
ii) ग्रान्डिङ मेसिन खरिद अनुदान १ लाख ४० हजार, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
iii) नर्सरी व्यवस्थापन अनुदान ३० हजार, स्थानीय सरकार ।
५) ढकाल हर्बल उद्योग बानपा ९, बथान
i) जडिबुटी भण्डारण तथा प्रसोधन केन्द्र भवन निर्माण तथा ग्रेडिङ मेसिन खरिद अनुदान १३ लाख ५० हजार, प्रदेश सरकार, बन डिभिजन कार्यालय सल्यान ।
६) कृषि तथा पशु संकलन केन्द्र पातिहाल्न घेराबार तथा कार्यालय व्यवस्थापन ३ लाख, स्थानीय सरकार ।
७) बाख्राको खोर सुधार (धनबोट) ३ लाख ६४ हजार, ASHA परियोजना ।
८) धामिढुङ्गा तरकारी खेती कार्यक्रम ७ लाख ९८ हजार, ASHA परियोजना ।
९) प्रवेश एण्ड समिक्षा नर्सरी फर्म बथान नर्सरी स्थापना ५ लाख ९४ हजार, ASHA परियोजना ।
१०) बागखोर नर्सरी स्थापना ४ लाख १२ हजार, ASHA परियोजना ।
११) निर्जला फलफूल तथा नर्सरी फर्म बानपा ९
i) अदुवा बेसार क्षेत्र विस्तार कार्यक्रम बानपा ९, अनुदान ७ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
ii) जडिबुटी क्षेत्र विस्तार कार्यक्रम अनुदान १ लाख ३० हजार, प्रदेश सरकार डिभिजन बन कार्यालय सल्यान ।
१२) जे.के. फलफूल तथा नर्सरी फर्म पक्की पोखरी सिँचाइ निर्माण १ लाख ५० हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
१३) नमुना कृषि तथा पशुपंक्षी फर्म सिँचाइ पाइप खरिद अनुदान १ लाख ५० हजार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
१४) विवेकशील कृषि फर्म सिँचाइ पाइप खरिद अनुदान १ लाख ५० हजार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
१५) नमुना कृषि तथा पशुपंक्षी फर्म सिँचाइ पाइप खरिद अनुदान १ लाख ५० हजार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
१६) सेलर स्टोर निर्माण (३ वटा) २१ लाख, प्रदेश सरकार ।
१७) कमलपोखरी अर्गानिक फलफुल तथा नर्सरी फर्म, स्रोत केन्द्रहरुको गुणस्तर व्यवस्थापन तथा स्रोत बीउ बिरुवा सहयोग कार्यक्रम अनुदान २ लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
१८) वैदेशिक रोजगारी बाट फर्किएका कृषि प्राविधिक सीप प्राप्त युवाहरुको लागि लक्षित कार्यक्रम अनुदान १ लाख २५ हजार, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
१९) प्रतिक कृषि फर्म फलफूल बगैंचा क्षेत्र विस्तार कार्यक्रम अनुदान १ लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
२०) विवेकशील फलफूल तथा कृषि फर्म १ लाख २० हजार, प्रदेश सरकार, कृषि विकास कार्यालय ।
२१) भरत अर्गानिक कृषि फर्म फलफूल बगैंचा क्षेत्र विस्तार कार्यक्रम अनुदान १ लाख २४ हजार, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
२२) खोरबारे बिरुवा नर्सरी उत्पादन कार्यक्रम ४ लाख ८४ हजार, ASHA परियोजना ।
२३) ओली नर्सरी तथा कृषि फर्म
i) सिँचाइ ट्यांकी निर्माण ३ लाख, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ।
ii) फलफूल बगैंचा क्षेत्र विस्तार कार्यक्रम अनुदान २ लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
२४) खोरबारे सुन्तला बजार प्रवर्द्धन कार्यक्रम ५ लाख ७४ हजार, ASHA परियोजना ।
२५) सुन्तला ब्लक कार्यक्रम (पहिलो) बानपा ८ र ९ (१८ लाख ६७ हजार) ९ लाख ६७ हजार, प्रदेश सरकार, कृषि ज्ञान केन्द्र रुकुम पश्चिम ।
२६) सुन्तला ब्लक कार्यक्रम (दोस्रो) बानपा ८ र ९, २३ लाख १२ लाख प्रदेश सरकार, कृषि ज्ञान केन्द्र रुकुम पश्चिम ।
२७) डाँगीबन्धु व्यावसायिक बाख्रापालन फर्म, खोर सुधार तथा उन्नत जातको बोका वितरण अनुदान ६५ हजार, स्थानीय सरकार ।
२८) बग्गेश्वरी बहुउद्देश्यीय कृषि तथा पशु विकास फर्म
i) सुन्तला जात फलफूल तथा नर्सरी श्रोत केन्द्र स्थापना कार्यक्रम ४ लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
ii) सुन्तला जात फलफूल बगैंचा व्यवस्थापन कार्यक्रम ४ लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
२९) ओलि नर्सरी फर्म, नर्सरी प्रवर्द्धन कार्यक्रम अनुदान ४ लाख २९ हजार, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
३०) अदुवा बेसार पकेट संचालन कार्यक्रम १० लाख, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
३१) यमुना नर्सरी फर्म, सिँचाइ पोखरी निर्माण अनुदान १ लाख ७५ हजार, प्रदेश सरकार, कृषि विकास कार्यालय सल्यान ।
३२) एक निर्वाचन एक पकेट कार्यक्रम २३ लाख, प्रदेश सरकार, कृषि ज्ञान केन्द्र रुकुम पश्चिम ।
३३) गीता बहुउद्देश्यीय कृषि तथा पशु विकास फर्म, नर्सरी प्रवर्द्धन कार्यक्रम (क्रमागत) ६ लाख ६५ हजार ।
३४) काउलाबोट सिँचाइ योजना निर्माण १७ लाख ३२ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
३५) ठाँटी, हरिपुर लिफ्ट सिँचाइ योजना १२ लाख, प्रदेश सरकार । (कार्यान्वयनको क्रममा रहेको) ।
३६) सिँचाइ पोखरी निर्माण (५ वटा) ५ लाख, स्थानीय सरकार ।
३७) बागखोर सिँचाइ पोखरी निर्माण ५ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
३८) खर्सु सिँचाइ ट्यांकी निर्माण १ लाख ५० हजार, स्थानीय सरकार ।
३९) बथान किबि पकेट क्षेत्र सिँचाइ पोखरी निर्माण ४ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
४०) लक्ष्मी कृषि तथा नर्सरी फर्म पक्की सिँचाइ पोखरी १ लाख, स्थानीय सरकार ।
४१) रोटिखोला, मोख्याघर सिँचाइ पोखरी निर्माण ५ लाख ४१ हजार, ASHA परियोजना ।
कुल जम्मा रु.३ करोड २० लाख ६४ हजार ।

वडा नं. १०

१) चिसिधारी सिचाइ योजना ७२ लाख, प्रदेश सरकार ।
२) माथिल्लो पेदि सिचाइ योजना (क्रमागत) ५० लाख, प्रदेश सरकार ।
३) चार सल्ले सिचाइ योजना (क्रमागत) १९ लाख, प्रदेश सरकार ।
४) आठगरे सिचाइ कुलो १९ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
५) टाट्के सिचाइ कुलो २० लाख ७४ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
६) देउली सिचाइ कुलो १४ लाख, प्रदेश सरकार ।
७) बगर टाट्के सिचाइ कुलो १३ लाख, प्रदेश सरकार ।
८) गरले सिचाइ कुलो १० लाख, प्रदेश सरकार ।
९) टाट्के सिचाइ कुलो ८ लाख, प्रदेश सरकार ।
१०) भुमेश्वर सिचाइ कुलो ८ लाख, प्रदेश सरकार ।
११) खरिबोट सिचाइ पोखरी ५ लाख, प्रदेश सरकार ।
१२) तल्लो पेदि सिचाइ योजना ६ लाख, प्रदेश सरकार ।
१३) तल्लो भुमेश्वर सिचाइ कुलो (क्रमागत) ७ लाख, स्थानीय सरकार ।
१४) लामीदवाली सिचाइ कुलो (क्रमागत) ७ लाख ५० हजार, स्थानीय सरकार ।
१५) पाँचगरे सिचाइ कुलो ५ लाख २५ हजार, स्थानीय सरकार ।
१६) ठुलाखेत सिचाइ कुलो (क्रमागत) ८ लाख, स्थानीय सरकार
१७) भुमेश्वर कुलो मोख्ला २ लाख ।
१८) दुबेरिचौर सिचाइ कुलो ३ लाख ।
१९) खरिबोट सिचाइ कुलो ३ लाख ५० हजार ।
२०) सुलिमारे सिचाइ पोखरी २ लाख ।
२१) बजाखोला सिचाइ पोखरी १ लाख ५० हजार ।
२२) धितालागाउँ सिचाइ पोखरी १ लाख ५० हजार ।
२३) चयालगाउँ सिचाइ पोखरी १ लाख ५० हजार ।
२४) स्यालागाउँ सिचाइ पोखरी १ लाख ५० हजार ।
२५) चौखे सिचाइ कुलो ३ लाख ।
२६) प्लास्टिक टनेल निर्माण ६ वटा ६० हजार ।
२७) भकारो सुधार अनुदान ५ वटा ५० हजार ।
कुल जम्मा रु.२ करोड २३ लाख ९ हजार ।

वडा नं. ११

१) उन्नत बीउ बिजन तथा पशुपालन, १ लाख ५० हजार, स्थानीय सरकार ।
२) भैसिको भकारो सुधार ४५ वटा (क्रमागत) ९ लाख, स्थानीय सरकार ।
३) रसिक स्टोर निर्माण (आलु भण्डारणको लागि) ६ लाख, स्थानीय सरकार ।
४) भित्रीबन बेदाने खोला लिफ्ट सिचाइ योजना १० लाख, प्रदेश सरकार ।
५) मसिनमेली धादेमारे सिचाइ ट्यांकी ८ लाख, प्रदेश सरकार ।
६) लेख लिफ्ट सिचाइ योजना ६ लाख, प्रदेश सरकार ।
७) पानीचौर सिचाइ ट्यांकी निर्माण ४ लाख, प्रदेश सरकार ।
८) हारिचार सिचाइ ट्यांकी निर्माण ४ लाख, प्रदेश सरकार ।
कुल जम्मा रु.४८ लाख ५० हजार ।

वडा नं.१२

१) बिउबिजन वितरण, क्षमता अभिवृद्धि तालिम ३ लाख ५० हजार ।
२) कृषि औजार वितरण, प्लास्टिक टनेल निर्माण र रिजर्भ ट्यांकी निर्माण (क्रमागत) ४० लाख, प्रदेश सरकार ।
३) भैंसीको भकारो सुधार अनुदान (५ वटा) १ लाख ।
४) बाख्राको खोर निर्माण अनुदान (३ वटा फर्म) ३ लाख ।
५) सिँचाइ पोखरी निर्माण अनुदान (२ वटा) २ लाख ।
कुल जम्मा रु.४९ लाख ५० हजार ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार