चैत १७ सल्यान – विद्युत लाइन विस्तारमा करिब साढे ११ कराेड बराबरको बजेट लगानी गरेकाे छ।
बागचौर नगरपालिकाले पाँच वर्षको बजेट तथा कार्यक्रमहरुको समष्टिगत विवरण सार्वजनिक गर्दै
पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका योजनाहरुको प्रारम्भिक विवरण अनुसार बागचौर नगरपालिकाको विद्युत लाइन विस्तार तर्फको कुल जम्मा विनियोजित बजेट रकम रु.११ करोड ४२ लाख नगरपालिकाले जनाएको छ।
वडा नं. १
कुल जम्मा रु.६५ लाख ५० हजार ।
१) सिर्सेनी, घारिखोला, बाउनिगाउँ, चारखोला विद्युत लाईन विस्तार २३ लाख, स्थानीय सरकार ।
२) ठिनबाङ जिउला र दलित बस्ती विद्युत लाइन विस्तार २० लाख, स्थानीय सरकार ।
३) कोटबेत, ध्याप, स्यानिहम्पाल विद्युत लाइन विस्तार २२ लाख ५० हजार (क्रामागत), स्थानीय सरकार ।
वडा नं. २
कुल जम्मा रु.६१ लाख ।
१) लस्तम चिसीखोली विद्युत लाइन विस्तार २० लाख, स्थानीय सरकार ।
२) रारेचौर इट्टाभट्टा देखि चिल्ढाले विद्युत विस्तार १० लाख, स्थानीय सरकार
३) सिलनेटा जारमारे विद्युत विस्तार ७ लाख, स्थानीय सरकार ।
४) प्राथमिक स्वास्थ्य केन्द्र थारमारे, लामाडाँडा चयालगाउँ विद्युत विस्तार १४ लाख, स्थानीय सरकार ।
५) २ नं. का अन्य विद्युत अपुग ठाउँमा विद्युत लाइन विस्तार १० लाख, स्थानीय सरकार ।
वडा नं. ३
१) गारखर्क, भाङ्गाबारी, पुतलीबास, खाली, रातपहरा, फल्टेखोला, थाराचौर सोतागार सम्म विद्युत विस्तार कुल जम्मा रु.७६ लाख (क्रमागत), स्थानीय सरकार र संघीय सरकार साझेदारी ।
वडा नं. ४
कुल जम्मा रु.१ करोड १८ लाख ।
१) बाङ्गे देखि पेदिखोला बजारसम्म विद्युत मेन लाईन विस्तार (ट्रान्सर्फमर सहित) २२ लाख, संघीय सरकार ।
२) पेदिखोला देखि बमेलगाउँ विद्युत लाइन विस्तार ३ लाख, स्थानीय सरकार ।
३) पेदिखोला देखि बमेल गाउँ विद्युत लाइन विस्तार ३ लाख, स्थानीय सरकार ।
४) चौपारी, कोएलघारी विद्युत लाइन विस्तार १० लाख, स्थानीय सरकार ।
५) पेदिखोला नमुना मगर बस्ती ७ लाख, स्थानीय सरकार ।
६) सिमखोली देखि सेती बुराँस हुँदै पैयाँडाँडा विद्युत (ट्रान्सर्फमर सहित) १५ लाख, स्थानीय सरकार ।
७) रातीघारी, राउटे रह्या, भिरगाउँ, धौलीबिरे, मजागाउँ, काँकरबियाँ कोलडाँडा, घुस खोला, खोरबारे र जौबारी टोल विद्युत लाइन विस्तार ५८ लाख, स्थानीय सरकार र संघीय सरकार साझेदारी । (कार्यान्वयन हुने क्रममा रहेको ) यो बजेट कार्यान्वयन सँगै ४ नं. वडा पुर्ण उज्यालो वडा हुनेछ ।
वडा नं. ५
कुल जम्मा रु.१ करोड ५ लाख ।
१) धारापानी सिल्नेटा, खत्रीगाउँ हुँदै नाउला विद्युत लाइन विस्तार २० लाख, स्थानीय सरकार ।
२) बाउनथाना, खारा, गोठिबन, आला विद्युत विस्तार १० लाख, स्थानीय सरकार ।
३) खुरखुरे सेताढाँर सिर्पा लामाडाँडा विद्युत विस्तार २५ लाख (क्रमागत), स्थानीय सरकार ।
४) तेर्छे काफल, रावत गाउँ पारिबन तल्लो रारेचौर विद्युत लाइन विस्तार १० लाख, स्थानीय सरकार ।
५) बाङ्गेलाखुरी, बयालडाँडा, काँरागाउँ विद्युत विस्तार १० लाख, स्थानीय सरकार र संघीय संसद विकास कोष साझेदारी ।
६) रारेचौर, रावत गाउँ, पारीबन, दारे, तल्लो रारेचौर विद्युत विस्तार २० लाख, संघीय सरकार ।
७) बाङ्गेलाखुरी देखि माडडेरासम्म विद्युत लाइन विस्तार १० लाख, संघीय सरकार ।
वडा नं. ६
१) ठुला हिम, स्यालाबन, बाङ्तिरे, पेटारी पाखा, सिस्नेरी, ठुला पोखरा तल्लो माथिल्लो नाउली, दुधलाबोट, रानेटा उल्लेरी टोल विद्युत लाइन विस्तार कुल जम्मा ७० लाख (क्रमागत), स्थानीय सरकार र संघीय सरकार साझेदारी ।
वडा नं. ७
कुल जम्मा रु.९२ लाख ।
१) टाट्के, बाउन गाउँ, डिम्बरखोला, सानागाँडाकोट विद्युत विस्तार २५ लाख, स्थानीय सरकार ।
२) स्यालागाउँ, तिम्लेचौर विद्युत लाइन विस्तार, १४ लाख, स्थानीय सरकार ।
३) टाट्के, खारा, घर्तिगाउँ, कोटबारा विद्युत लाइन विस्तार (ट्रान्सर्फमर सहित) ३० लाख, स्थानीय सरकार र संघीय सरकार साझेदारी ।
४) तिर्थेटाकुरा विद्युत लाइन ६ लाख, संघीय सरकार ।
५) साविकका वडाहरु १, ६ र ७ मा विद्युत लाइन विस्तार १७ लाख, स्थानीय सरकार । (कार्यान्वयन हुन बाँकी)
वडा नं. ८
कुल जम्मा रु.७९ लाख ।
१) गैरागाउँ, सुपारी विद्युत लाइन विस्तार १७ लाख, स्थानीय सरकार ।
२) परियार टोल, गैरिबिसाउनी, चैतिगारे, घामतारा विद्युत लाइन विस्तार १४ लाख, स्थानीय सरकार ।
३) तिल्चा, हर्लेनी, कटुवालगाउँ, चित्रालेखी विद्युत लाइन विस्तार १७ लाख, स्थानीय सरकार ।
४) भाङ्गाचौर, पल्लोगाउँ, केराठान, चौरगाउँ विद्युत लाइन विस्तार ५ लाख, संघीय सरकार ।
५) पहाडी टोल, माथिगाउँ विद्युत लाइन विस्तार ७ लाख, संघीय सरकार ।
५) ट्रान्सर्फमर जडान (३ वटा) १० लाख, संघीय सरकार ।
६) वडा नं. ८ का विभिन्न टोलमा विद्युत लाइन विस्तार ९ लाख, स्थानीय सरकार ।
वडा नं. ९
कुल जम्मा रु.२ करोड १७ लाख २५ हजार ।
१) कोटमौला, कमलपोखरी, खोरबारे, धामीढुङ्गा, कुयपानी, परेलेख विद्युत मेन लाइन विस्तार (४ वटा ट्रान्सर्फमर सहित) १ करोड, संघीय सरकार, उर्जा मन्त्रालय ।
२) साविक ६ नं. वडा डाँगीगाउँ विद्युत लाइन विस्तार २५ लाख, स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
३) साविक ७ नं. वडा (बुझेरी र तल्लो खोरबारे) विद्युत लाइन विस्तार ८ लाख, स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
४) साविक ९ नं. वडा (परिलेख, मौरीघारे, चार, बस्नेउटा) विद्युत विस्तार २० लाख, स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
५) साविक ६ नं. वडा (चिल्ढाले, लिउरेबारी, रयाजबोट) विद्युत लाइन विस्तार (ट्रान्सर्फमर सहित) २० लाख, स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
६) साविक ७ को बथान र साविक ८ को धामिढुङ्गा विद्युत लाइन विस्तार १२ लाख ५० हजार, स्थानीय सरकार ।
७) धनबोट, हरिपुर, तल्लो धामिढुङ्गा, कुयपानी टोल विद्युत लाइन विस्तार २० लाख, संघीय सरकार ।
८) पातिहाल्न पोखरीडाँडा विद्युत लाइन विस्तार ३ लाख ७५ हजार, स्थानीय सरकार ।
९) साविक ६ नं. वडा कमलपोखरी टोल विद्युत लाइन विस्तार (ट्रान्सर्फमर सहित) ८ लाख, संघीय सरकार ।
वडा नं. १०
१) बुढाथोकी गाउँ, माथिल्लो मोख्ला, स्यालागाउँ विद्युत लाइन विस्तार जम्मा रु.७ लाख, स्थानीय सरकार । यो बजेटको कार्यान्वयन सँगै १० नं. वडा पुर्ण रूपमा उज्यालो वडा हुनेछ ।
वडा नं. ११
१) दोभान बजार, रातामाटा, पानीचौर, हारिचार, सिम्ते खर्क, कुकुरगारे विद्युत लाइन विस्तार (क्रमागत) ९१ लाख । स्थानीय सरकार र प्रदेश सरकार (समपुरक अनुदान) साझेदारी ।
वडा नं. १२
कुल जम्मा रु.१ करोड ६० लाख २५ हजार ।
१) लौराबाङ, पानीढल, दोभान बजार विद्युत विस्तार (ट्रान्सर्फमर सहित) २८ लाख २५ हजार, स्थानीय सरकार ।
२) दोभान, बगर, ओख्रेनी विद्युत लाइन विस्तार ४५ लाख, प्रदेश समपुरक अनुदान । (कार्यान्वयन हुन बाँकी)
३) साविक वडा नं. १ र २ मा विद्युत विस्तार १० लाख, स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
४) लौराबाङ, पानीढल, दोभान बजार, पानीचौर, पातिहाल्ना विद्युत लाइन विस्तार ७५ लाख, प्रदेश सरकार (समपुरक अनुदान) ।
५) बिजय लघु जलविद्युत मर्मत २ लाख, स्थानीय सरकार ।