असाेज १७ दाङ – प्रदेश ५ काे राजधानी भालुबाङ बनाउने निर्णय भय संगै त्यहा आसपासमा जग्गा चर्काे मुल्यमा किनबेचकाे हाेडबाजि चल्न सक्ने अनुमान गर्दै उक्त क्षेत्रमा कित्ता काट तथा जग्गा किनबेच नगर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले भनेकाे छ ।

शुक्रबार सम्बन्धित स्थानीय तहहरु दाङकाे राप्ती गाउपालिका,गढवा गाउपालिकाकाे १ देखि ३ नम्बर वडा र अर्घाखाँचीकाे शितगंगा नगरपालिकाकाे ८ र ९ वडामा अर्काे निर्णय नहुन्जेल सम्मका लागि तत्काल जग्गा राेक्का राख्न मालपोत कार्यालय लमही दाङ र मालपोत कार्यालय अर्घाखाँचीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले पत्राचार गरेकाे हाे ।

प्रकाशित मिति : २०७७ असोज १७ गते शनिवार