चैत १६ कास्की – नाबालिक माथि बलात्कार आराेपमा पुर्पक्षका लागि कारागार चलान भएका अभिनेता पल शाह (पुर्ण विक्रम शाह) लाई कारागार पठाउनुकाे कारण देउ आदेश उच्च अदालतले जारी गरेकाे छ।

मंगलबार शाहका तर्फबाट बहस गर्दै आएका ११ जना कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतकाे थुनछेक आदेश विरुद्ध पुनरावेदनका लागि धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए।

साेहि पुनरावेदन माथि उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले नाबालिका बलात्कार गरेको अभियोगमा कारागारमा रहेका शाहलाई थुनामा पठाएकाे प्रमाणहरूकाे प्रतिवेदन माग गर्दै कारण देउ आदेश दिएको हो।

शाहले जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले गत चैत १० गते देखि पुर्पक्षका लागि चलान गर्ने आदेश दिएसंगै शाह जिल्ला कारागार तनहुँमा छन।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार