चैत १६ काठमाडौ – बुवा संग विद्यालय हिडेकि एकैघरकि दिदिबहिनीकाे मृत्यु भएको छ भने बुवा घाइते भएका छन।

बुधबार बिहान करिब ८:३० बजेतिर गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल मेलम्ची चोकमा तीन बुवाछाेरी सवार बा ५१ प ८७३३ नम्बरको माेटरसाइकलाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिदा उनिहरुकाे घटनास्थलमै मृत्यु भएको र घाइते बुवाकाे नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको छ।

वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन तामाङकी दुई छोरीहरु सृष्टि र श्रेया तामाङकाे मृत्यु भएको हाे भने बुवा राेहन घाइते भएका छन। घटनाका प्रत्यक्षदर्शीका अनुसार ठक्कर दिएपछि चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेर फरार भएको बताएका छन।

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार