चैत १५ काठमाडौ – पार्टी भित्रकै आन्तरिक विवादले उग्र रुप लिएपछि ललितपुरकाे बखुन्डोलस्थित विवेकशील साझाको पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।

दुई समूहबीच विवाद बढेपछि विवाद बढेपछि केन्द्रीय कार्यलय व्यवस्थापन विभागले सुचना निकालेर तत्काललाई कार्यलय बन्द गरेको बताएको छ। उक्त क्षेत्रमा अप्रिय घटना हुन नदिन भन्द नेपाल प्रहरीकाे ठुलो मात्रामा सुरक्षा टाेलीले कार्यालय क्षेत्र घेरा भित्र राखेको छ।

साझा पार्टीका निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले अध्यक्ष रवीन्द्र मिश्रले मनाेमानी ढंगले एकलौटी रुपमा पार्टी चलाउन खाेजेकाे भन्द‌ै त्यसकाे विराेधमा कार्यालयमै पत्रकार सम्मेलन गर्ने तयारी गरेपछि संस्थापन पक्षले नगर्न र पत्रकार सम्मेलन नगरी छलफलमा आउन कार्यालयमा प्रवेश गर्न नदिएको भन्दै अवरोध गरेपछि असन्तुष्ट समूह आक्रमक बनेपछि स्थिति तनावपूर्ण बनेकाे हाे।

विवेकशील साझा पार्टीको साेमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रदेश नं १ र कर्णाली प्रदेशका प्रदेश संयोजककाे जिम्मेवारीमा हेरफेर गर्दै केन्द्रीय कार्य सम्पादन समितिका दुईजना सदस्य प्रकाश चन्द्र परियारलाई प्रदेश १ र कर्णबहादुर शाहीलाई कर्णाली प्रदेश इन्चार्ज चयन गरेकाे थियाे।

त्यसैगरी गण्डकी प्रदेश संयोजकमा सुशीला केसी अधिकारी, मधेश प्रदेश संयोजकमा धनपति महतो, सुदुरपश्चिम प्रदेश संयोजकमा दिनेशराज भण्डारी, बागमती प्रदेश संयोजकमा उज्वलकृष्ण श्रेष्ठ र सद्भाव समूहहरूको अन्तर्राष्ट्रिय समितिको संयोजकमा एस.के. श्रेष्ठलाई अन्तरिम ईन्चार्जकाे रुपमा चयन गरेको थियाे।

सबै नयाँ इन्चार्जलाई मङगलबार आज बधाई तथा शुभकामनाकाे लागि पार्टी मुख्यालयमा बिहान १० बजेकाे लागि कार्यक्रम तय गरिएकाे थियाे।

प्रकाशित मिति : २०७८ चैत्र १५ गते मङ्गलवार