चैत १४, सल्यान – बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिका २ खरिबोटमा आजदेखि सञ्चालनमा आएको “प्राथमिक आँखा तथा कान उपचार केन्द्र” लाई आफुले पाउने सेवा-सुविधा (तलब/भत्ता) बाट रु.१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन ।
नगर प्रमुख बुढाथोकीले भने यस अगाडि नै मैले सम्पूर्ण सेवा-सुविधा (तलब/भत्ता) समाज सेवामा लगाउने घोषणा गरिसकेको थिए । आफू निर्वाचित भएयता कार्यकाल अवधिभर पाएको सम्पुर्ण सेवा सुविधा कहाँ लगानी लगाईयो र बाँकी रहेको कहाँ लगाउने एक/एक विवरण दिनेछु ।

उनले यस अगाडि नै बागचौर नगरपालिकामा कोरोना भाइरस (कोभिड १९) नियन्त्रण र नगरपालिकाले सञ्चालन गरेको कोभिड १९ आइसोलेसन केन्द्रलाई १२ लाख ७६ हजार रुपैयाँ उपलब्ध गराइसकेको र कार्यकाल सकिँदासम्म आफुले पाउने सम्पूर्ण रकम र बाँकी रकम कहाँ लगानी गर्ने भन्ने विषयमा जानकारी गराउने बताएका छन ।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार