चैत १४, सल्यान – बागचौर नगरपालिका भित्रका सडकहरूमा कार्यरत सडक मर्मत समूह (पिटौली)हरुलाई औजार तथा सुरक्षा सामाग्री वितरण गरिएको छ ।
बागचौर नगरपालिका नगर सडकहरूमा कार्यरत सडक मर्मत समूह (पिटौली)हरुलाई औजार तथा सुरक्षा सामाग्री बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले वितरण गरेका छन ।
ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (RAP 3) सल्यानले नगरपालिकालाई औजार तथा सुरक्षा सामाग्री प्रदान गरी नगर सडकहरूमा काम गर्ने सडक मर्मत समूहहरूलाई उक्त औजार तथा सुरक्षा सामाग्री वितरण गरिएको हो ।
ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (RAP 3) तर्फबाट सिनियर इन्जिनियर बालकृष्ण दाहाल र इन्जिनियर सन्त बहादुर सार्कीको उपस्थितिमा बागचौर नगरपालिका नगर प्रमुख बुढाथोकीले उक्त औजार तथा सामाग्री वितरण गर्दै बागचौर नगरपालिकाको १२ वटै वडाहरूका नगर सडकहरूमा नियमित रूपमा खटिन पिटौलीहरुलाई निर्देशन पनि दिएका छन । उनले फिल्डमा काम गर्दै कोही कसैले कतै नकारात्मक दृष्टिकोण राखेर बोलेको पाईएमा सदैव नगर प्रमुख साथमा रहेको बताए । बुढाथोकीले फिल्डमा राम्रोसँग खटिएर काम गरेमा कामको मुल्यांकन गरिने समेत बताएका छन ।