चैत १३, सल्यान – सल्यान बनगाड कुपिण्डे नगरपालिकाका विभिन्न वडामा नेकपा माओवादी केन्द्रको भातृसंगठन योगं कम्युनिष्ट लिग वाइसीएलको वडा कमिटी गठन गरिएको छ ।
बनगाड कुपिण्डे नगरपालिका वडा न १ मा अध्यक्ष भिम बहादुर बुढा, उपाध्यक्ष टेकबहादुर बुढा, सचीव भरत सुनार, सह-सचीव जयकृष्ण बुढा र कोषाध्यक्ष सरिता विसि लगाएत ४५ जनाको कमिटी गठन गरिएको छ ।
यस्तै बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ मा नवीन पुनको अध्यक्षतामा २५ सदस्य कमिटी गठन गरिएको छ । जसको उपाध्यक्ष दुर्गा बहादुर बुढाथोकी, सचिव धनसीं नेपाली, सह-सचिव रमेश वुढा र कोषाध्यक्ष युवराज पुन रहेका छन ।

त्यस्तै ५ नम्बर वडाको भेलाबाट निर्वाचित अध्यक्ष राम ब राना, उपाध्यक्ष हरिकला पुन, सचिव नारायण रावत, सह-सचिव सन्दिप परियार र कोषाध्यक्ष खिमलाल खत्री लगायतका ४५ सदस्यीय वडा समिति गठन गरिएको छ ।

साथै वडा नं. ८ मा पनि वाइसीएल गठन गरिएको छ । ठगराज कवरको अध्यक्षतामा ४५ सदस्य वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा हरिभान यरि, सचिव निलकण्ठ भन्डारी, सहसचिब पुर्ण बहादुर गिरि र कोषाध्यक्ष वीर बहादुर कवर रहेका छन ।
वाईसीएलका विभिन्न वडाका कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्ष कर्ण बहादुर बुढाथोकीले नेकपा एमाले चुनाव नजित्ने देखेर छट्पटी भएको र सबैलाई विभिन्न भरमा हालेर जनतालाई झुक्याउन लागेको बताएका छन । उनले अहिले पार्टी प्रवेशका नाममा पुरानो आफ्नो पार्टी कार्यकर्तालाई नै पार्टी प्रवेश गराउदै बाहिर भ्रम छरिरहेको बताएका छन । बनगाड कुपिण्डेमा माओवादीले जसरी पनि जित्ने गरि सबै संगठनहरु लागि पर्न आग्रह समेत गरेका छन ।
वाईसीएलका समितिहरुले आगामी निर्वाचनलाई लक्षित गर्दै युवाहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको वाइसीयल बनगाड कुपिण्डे नगरपालिका इन्चार्ज कुमार पुनले बताएका छन । नगर इन्चार्ज मित्र, प्रदेश सदस्य कमल बिक, अध्यक्ष दिप, उपाध्यक्ष कुलबहादुर पुरि, सचीव दुर्गा बहादुर बुढाथोकी वाइसीएल नगर इन्चार्ज कुमार पुन, नगर अध्यक्ष लक्ष्मण विसि लगायतका अतिथिले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार