असाेज १३ काठमाडौ – प्रशासन र स्थानीयको कुरा बाझिँदा विद्यालय खोल्ने-नखोल्नेबारे अन्योल बढेको छ।
सरकारले निर्णय गरेपछि मात्रै स्थानीय तहहरूले मातहतका विद्यालय सञ्चालनका लागि निर्देशन दिनुपर्ने हाे । वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गरेेेेता पनि पुर्ण रुपमा विद्यालय नै खोल्न थालेपछि संक्रमणकाे जाेखिम उच्च रहने देखिन्छ।

कोरोना महामारीका कारण लामो समयसम्म पठनपाठन नहुँदा सिकाइमा असर परेपछि अहिले स्थानीय तहहरूले आफू मातहत रहेका विद्यालयहरू धमाधम खोल्न अनुमति दिएका छन्‌। कतै जाेरबिजाेर प्रक्रियाबाट भने कतै सुरक्षात्मक तरिकाले खाेल्न भनिएको छ । स्थानीय सरकारकाे निर्देशन अनुसार नै कतिपय ठाउमा पठनपाठन सुरु भइसक्यो भने कतिपय ठाउमा लगतै संचालन हुने गरि तयारीमा जुटेका छन। तर, प्रशासनले भने भीडभाडका कारण कोरोना सर्ने भन्दै विद्यालय नखोल्न निर्देशन दिएको छ।​

मन्त्रालय के भन्छ ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले तत्काल विद्यालय सञ्चालन नगर्न यस अघि नै आग्रह गरिसकेका छन्‌। मन्त्री पोखरेलले कोरोना महामारीको जोखिम कायमै रहेको भन्दै स्थानीय तहहरूलाई विद्यालय नखोल्न आग्रह गरेका हुन। विद्यालय खोल्नुभन्दा केही समय​ वैकल्पिक सिकाई प्रणालीलाई नै बढी प्राथमिकता दिन आग्रह गरेका छन। उनले भने, ‘अहिले कोभिड– १९ को जोखिम कायमै छ। त्यसैले विद्यालय खोल्नुभन्दा वैकल्पिक सिकाइलाई नै प्राथमिकता दिनुपर्छ।’

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार