चैत १३, सल्यान – बागचौर नगरपालिका वडा नं.९ को वडाध्यक्ष कप खेलकुद प्रतियोगिता नगर प्रमुख लोकमान बुढाथोकीले उद्घाटन गरेका छन ।
कार्यक्रममा प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख लोकमान बुढाथोकीले ९ नं. वडा पन्चायतकालिन अवस्था देखि नै उत्कृष्ट खेलाडीहरु उत्पादन गरेको ऐतिहासिक ठाउँ भएको बताएका छन । उनले खेलकुद जस्ता क्षेत्रमा राजनीतिक अन्तर विरोध नगर्न सबैलाई आग्रह समेत गरेका छन । कार्यक्रम हुन पुर्व नै नकारात्मक टिप्पणी गर्ने भन्दा खेल स्थानमा सहि तरिकाले भयो कि भएन अनि मात्रै त्यसको खबरदारी गर्नुपर्ने बताएका छन ।
बुढाथोकीले खेलाडीहरुको केन्द्र देखि स्थानीय सरकारसम्मले व्यवस्थापन नगरेकै कारण देशका गौरव मानिने सम्पुर्ण खेलाडीहरुलाई विदेशीनु पर्ने बाध्यता निम्त्याईएको बताउँदै खेल तर्फ सबैको ध्यान जान जरुरी रहेको बताए । उनले भने हामीले खेलाएका खेलमा पार्दशीता नभएको भए त्यसको विरोध गरौ, नत्र आफ्नो भनेको भएन भने विरोध गर्ने नगरौ ।
उनले विकास निर्माणका काममा १२ वटै वडामा सन्तुलित तरिकाले बजेट विनियोजित गरेको बताउँदै बाँकी रहेका अधुरा एवम् अपुरा कामहरु सम्पन्न गर्न फेरि पनि जनताहरुले साथ दिए दोहोरिएर आउने र काम सम्पन्न गर्ने प्रतिवद्वता समेत गरेका छन ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश परिषद् सदस्य टंक प्रशास शर्मा, नेकपा एमाले जिल्ला कमिटी सदस्य हेमराज शर्मा, नेपाली काङ्ग्रेस वडा कार्यसमिति सभापति झक्कु प्रसाद वली, नेकपा माओवादी केन्द्र बानपा ९ वडा कमिटी अध्यक्ष प्रेम प्रकाश शर्मा, एकीकृत समाजवादी पार्टीका नगर कमिटी सदस्य झक्कु वली, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य टोप ब.वली, गै.स.संघ महासंघ नेपालका केन्द्रीय सचिव दिपेन्द्र प्रकाश डि.सी., शिशु जागरण मावि खोरबारेका निमित्त प्र.अ.तिलक वली लगायत अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बागचौर नगरपालिका वडा नं. ९ का सम्पुर्ण जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, विभिन्न विद्यालयका प्र.अ., समाजसेवी, बुद्धिजीवी, खेलाडीहरु, महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।
बागचौर नगरपालिका वडा नं.९ का वडाध्यक्ष मोहन चन्दको शभाध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य वडासदस्य प्रेम ब.वलीले राखेका थिए भने कार्यक्रम सहजीकरण वडा सचिव डम्बर ब. विकले गरेका थिए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झल्काउने मौलिक लहरे नाच, मयुर नाच, विभिन्न आमा समुहहरुको नृत्य प्रस्तुत गरिएको थियो ।
साथै उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटी सदस्य एवम् ढकाल ट्रेडर्स एण्ड हर्वल उद्योगका संचालक दिपक शर्माले सम्पुर्णलाई निशुल्क शुद्ध पिउने पानीको सौजन्य गरेका थिए ।