चैत १३ पाल्पा – ढाका कपडाकाे लागि प्रख्यात मानिएको पाल्पालाई शनिबार ढाका कपडाको राजधानी घोषणा गरिएको छ ।

पाल्पाली ढाका संघकाे आयाेजनामा सदरमुकाम तानसेनमा एक कार्यक्रम मार्फत लुम्बिनी प्रदेशकी कानून मन्त्री रमा घर्ती र नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नारायण प्रसाद दुवाडीले संयुक्त रुपमा घोषणा गरेका हुन् ।

पाल्पामा उत्पादित ढाका बजारमा `पाल्पाली´ ब्राण्डकाे नामबाट नियात हुने गरेकाे छ। सहयोगी संस्था सीप परियोजना, यूकेएड, लुम्बिनी प्रदेश सरकार र तानसेन नगरपालिकाको सहयोगमा संस्थागत रुपमा काम गरिरहेकाे संघले बताएको छ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार