चैत १३ सल्यान – वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ वटै जिल्लामा चैत २९ बाट लागू हुनेगरि जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई जिल्ला मुख्य निर्वाचन अधिकृत र स्थानीय तहमा निर्वाचन अधिकृतको रुपमा ताेकेकाे छ।
जसमध्ये सल्यानमा मुख्य निर्वाचन अधिकृतमा सल्यान जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेलाई ताेकिएकाे छ। मुख्य निर्वाचन अधिकृत पाण्डेले शारदा नगरपालिकाकाे निर्वाचन अधिकृत पनि हेर्ने गरि आयाेगले खटाएको छ।
त्यसैगरी बागचौर नगरपालिकामा जिल्ला समन्वय समिति सल्यानका उपसचिव राजेन्द्र प्रसाद पाेखरेल, बनगाड कुपिण्डे नगरपालिकामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ( अतिरिक्त समूह) उपसचिव लक्ष्मीदेवी शर्मालाई ताेकिएकाे छ।
त्यसैगरि त्रिवेणी गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालय काठमाडौका प्रमुख प्रशासकीय अधिकृत मनाेज रेग्मी , छत्रेश्वरी गाउँपालिकामा जिल्ला सरकारी वकिल कार्यालय सल्यानका न्यायाधीवक्ता जय प्रसाद धिताल, कपुरकाेट गाउँपालिकामा सल्यान जिल्ला अदालतका स्रेतेदार हेमन्त ज्ञवाली, कुमाख गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मातृका आचार्य , कालिमाटी गाउँपालिकामा केन्द्रीय तथ्यांक विभागका निर्देशक मनाेहर घिमिरे, दार्मा लाेकसेवा आयाेग दरखास्त व्यवस्थापन केन्द्र काठमाडौंका राजपत्रांकित द्वितीय श्रेेणी पवन कुमार तिमल्सिना, सिद्दकुमाख गाउँपालिकामा सर्वाेच्च अदालतका इजलास अधिकारी शंकरप्रसाद अधिकारीलाई ताेकिएकाे छ।
सल्यानमा महिला ६९ हजार ६ सय ३६ र पुरुष ७१ हजार ३१ मतदाता गरि कुल १ लाख ४० हजार ६ सय ६७ मतदाता छन।