असाेज १३ प्युठान – प्युठानमा सडक खन्दै गर्दा माथिबाट खसेको पहिरोले डोजर पुर्दा डाेजर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार सोमबार मदन भण्डारी लोकमार्ग निर्माण कार्य भइरहेको माण्डवी गाउपालिका-१ डाम्रिखोला नजिकै सडक खनिरहेको बा २ क ६९३९ नम्बरको डोजरलाई पहिरोले पुरेको हो।

मृतक चालक अर्घाखाँची शितगंगा ८ लाहापेका ४१ वर्षीय नरसिंह बुढामगरको रहेका छन। माथिबाट खस्दै गरेको पहिरो देखेर चालकले ज्यान बचाउन डोजरबाट हामफालेकाे भयपनि डोजरसँगै पहिरोले पुरेको र उनको घटनास्थलमै ज्यान गएको डिएसपी मल्लले जानकारी दिए।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार