चैत १३, सल्यान- बागचौर नगरपालिकाको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन भएको छ । शनिबार देखि जनकल्याण नमुना माद्यामिक बिधालय थारमारेको प्राङ्गणमा सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले संघियता लागू भए संगै खेल क्षेत्रको बिकास भएको तर खेलाडीहरुको ब्यवस्थापन हुन नसकेको बताएका छन । उनले विगतमा बार्षिक रुपमा जिल्लामा मात्र सिमित हुने रास्ट्रपति रनिङ सिल्डले क्षमता भन्दा पहुच र पावरका आधारमा खेलाडी लाई समेट्ने प्रवृत्तिले जिल्लाको खेल क्षेत्रको बिकास हुन नसकेको बताएका छन् ।
बागचौर नगरपालिका वडा नं.२ मा भ्यु टावर निर्माण देखि विद्युत सवस्टेसन लगायत महत्त्वपूर्ण विकासका आयोजनाहरु निर्माण भएको बताए । उनले फरक प्रसङ्गमा सरकारले स्थानीय तहको निर्वाचन तोकेसँगै खुल्ला मंचमा गरिने कार्यक्रममा केही पार्टीका नेताहरुले आफ्नो र बागचौर नगरपालिकाको विरोध गरेको देख्दा अचम्मित भएको बताउँदै काम नै नगरेको भएको कसरी उद्घाटन गर्थियौ होला र भनी जवाफ समेत दिएका छन । बागचौर नगरपालिका वडा नं.२ कार्यवाहक वडाअध्यक्ष टोपबहादुर डि.सी.को सभाअध्यक्षता, महिला वडा सदस्य धनसरी शार्कीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख,प्रतिनिधि लगाएत शिक्षक बिद्यार्थी र सर्वसाधारणको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण तारादेव शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार