चैत ११ काठमाडौ – आगामी वैशाख ३० मा हुन लागेकाे स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीकाे दरखास्त दर्ता म्याद सकिए संगै आवश्यक भन्दा झन्डै तेब्बर संख्यामा दर्खास्त परेका छन।

स्थानीय तह निर्वाचनका लागि देशभरबाट म्यादी प्रहरी जम्मा आवश्यक संख्या १ लाख जना रहेकाेमा दरखास्त दर्ता म्याद सकिदा जम्मा २ लाख ८० हजार ४९५ जनाले दरखास्त दिएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दरखास्त दिएकाहरुले चैत १३ गते सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न र १५ गते देखि आवश्यक छनाेट प्रक्रियाका सुरु गरि २५ गते भित्र अन्तिम नतिजा प्रकाशन गर्ने २७ गतेबाट नियुक्ति दिएर १० दिने तालिम गराउने कार्य तालिका रहेकाे छ।

स्थानीय तह निर्वाचनका लागि सुरक्षा सहयाेग भन्दै नेपाल प्रहरीले देशभरबाट चैत ६ देखि ११ गते अर्थात आज सम्म दरखास्त माग गरेकाे थियाे।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार