चैत ९ सल्यान – बागचौर नगरपालिकाले पाँच वर्षको अवधिमा सम्पन्न गरेका र हुँदै गरेका विकास योजनाहरुको प्रारम्भिक विवरण सार्वजनिक गर्नेक्रममा वडा नं.-८ को विवरण पनि सार्वजनिक गरेको छ ।

पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका विकास योजनाहरुको प्रारम्भिक विवरण अनुसार वडा नं. ८ को कुल जम्मा विनियोजित बजेट रकम रु.१० करोड ९३ लाख ३७ हजार २६३। रहेकाे नगरपालिकाले जनाएको छ।

सडक पुर्वाधार विकास

सडक पुर्वाधार विकास तर्फ जम्मा रु.२ करोड १८ लाख ८८ हजार

१) बागचौर, कोटमौला, पातिहाल्न सडक स्तरोन्नति तथा मर्मत ४६ लाख ५१ हजार (क्रमागत), स्थानीय सरकार, संघीय सरकार, सडक डिभिजन कार्यालय घोराही र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।

२) कालाखेत बाछीले फालहाले हुँदै रिठाबोट खत्री पोखरा जोड्ने सडक २० लाख, प्रदेश सरकार ।

३) राप्ती राजमार्ग खरिबोट, बिउरेखोला, जन्तिढुङ्गा हुँदै पोखराडाँडा सडक ५५ लाख ३४ हजार
(क्रमागत), स्थानीय सरकार, प्रधानमन्त्री रोजगार कार्यक्रम र प्रदेश सरकार साझेदारी ।

४) हर्लेनी, तिल्चा हुँदै जोखेटाकुरा जोड्ने सडक (क्रमागत) ११ लाख, स्थानीय सरकार ।

५) तिपतिपे हुँदै दाउरेखली लिफ्ट खानेपानी सम्म जोड्ने सडक ३ लाख ३० हजार ।

६) छरेपानी, दरबार, बुढाथोकी गाउँ पुरानो कोट सडक निर्माण, ३ लाख (क्रमागत) ।

७) बयालडाँरी डाँगी टोल सडक मर्मत १ लाख ५० हजार ।

८) चैतिगारे सडक २ लाख ।
९) दरबार, पहाडी टोल हुँदै खोरबारे जोड्ने सडक ५ लाख ८८ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।

१०) तल्लो चौर, भिरकुना हुँदै बिजुली चोक जोड्ने सडक २ लाख, स्थानीय सरकार ।

११) गोरानेटा सुपारी सडक निर्माण २ लाख ।
१२) जन्तीढुङ्गा ठुलडाँरा सडक निर्माण १ लाख ।
१३) बैंसारुख, खत्रीकुवा रिठ्ठाबोट सडक निर्माण १ लाख ५० हजार ।

१४) पातिहाल्न रोड देखि चयालगाउँ जाने सडक १ लाख ५० हजार ।
१५) खत्रीगाउँ, साप फाल्ने ढुङ्गा, खारखोला जोड्ने सडक २ लाख ।
१६) कोटमौला, कमलपोखरी सडक मर्मत ९ लाख ६७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।

१७) खरिबोट रानीसल्ला सडक निर्माण तथा कुलो मर्मत ५ लाख ।
१८) बुरेली स्यालागाउँ सडक निर्माण १ लाख ५० हजार ।
१९) वडा नं. ८ का सम्पुर्ण सडकहरु मर्मत ११ लाख (क्रमागत), स्थानीय सरकार ।
२०) मुख्य सडकहरु मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) १२ लाख ३० हजार, स्थानीय सरकार ।
२१) रानीसल्ला गाउँघर क्लिनिक, हर्लेनी हुँदै पोखराडाँडा सडक निर्माण ५ लाख ८८ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।

खानेपानी

खानेपानी तर्फ जम्मा रु.१ करोड ८८ लाख ६१ हजार ८४४।

१) हाँसेकाटे कोटमौला खानेपानी योजना, ७३ लाख ८५ हजार ५९६ (क्रमागत), स्थानीय सरकार र जलवायु अनुकुलन कार्यक्रम साझेदारी ।

२) शारदा खोला, खत्रीगाउँ लिफ्ट खानेपानी योजना, ३६ लाख ५० हजार (क्रमागत), स्थानीय सरकार ।
३) कोटगाउँ खानेपानी निर्माण ७ लाख ५० हजार, स्थानीय सरकार । (कार्यान्वयनको क्रममा रहेको)
४) बुरेली खानेपानी तथा शौचालय निर्माण २ लाख ।
५) चौरगाउँ खानेपानी टंकी निर्माण २ लाख ।
६) रातामाटा खानेपानी टंकी निर्माण १ लाख ५० हजार ।
७) छरेपानी खानेपानी मर्मत १ लाख ।
८) तल्लाचौर खानेपानी टंकी निर्माण १ लाख ।
९) तल्लो छरेपानी खानेपानी योजना १ लाख ५० हजार ।
१०) काप्रीबाङ खत्रीगाउँ खानेपानी योजना मर्मत १ लाख ५० हजार ।
११) बिउरेखोला खानेपानी योजना ७ लाख, स्थानीय सरकार ।
१२) भडारी पनेरा खानेपानी ट्यांकी निर्माण २ लाख ।
१३) आकाशेपानी संकलन खानेपानी पोखरी निर्माण खत्रीगाउँ २ लाख ।
१४) डउँरेखोली, हर्लेनी खानेपानी योजना २ लाख ।
१५) पँधेरिखोली, मौवाघारी खानेपानी निर्माण १ लाख ।
१६) खानेपानी मर्मत (बाउनीखोला र फलाटेखोला) तथा निर्माण १ लाख ५० हजार ।
१७) बैंसारुख खानेपानी ट्यांकी निर्माण ३ लाख २५ हजार, पहाडी साना किसान ASHA परियोजना।
१८) बाउनीखोला रानीसल्ला खानेपानी योजना ५ लाख ९० हजार, पहाडी साना किसान आयोजना (ASHA परियोजना) ।

१९) चौखेढुङ्गा खानेपानी योजना टंकी निर्माण २ लाख, १४ हजार ५५२, पहाडी साना किसान ASHA परियोजना ।
२०) जुग्याखोला, बाउनीखोला खानेपानी योजना ५ लाख ९६ हजार ६९६, पहाडी साना किसान ASHA परियोजना ।
२१) चौर टोल खानेपानी योजना १४ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
२२) हर्लेनी जोखा टाकुरा खानेपानी योजना, ५ लाख ५० हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
२२) बाउनीखोला, रानीसल्ला, बिउरेखोला खानेपानी योजना निर्माण ६ लाख, जिल्ला खानेपानी कार्यालय सल्यान ।
२३) मंगराँखोला केराठान खानेपानी मर्मत २ लाख।

सिँचाई

सिँचाइ तर्फ जम्मा रु.१ करोड १६ लाख ८७ हजार ५७० ।

१) बुरेली सिँचाइ कुलो मर्मत २० लाख (क्रमागत) स्थानीय सरकार र जिल्ला सिँचाइ कार्यालय सल्यान साझेदारी ।
२) भडारे सिँचाइ आयोजना ३५ लाख (क्रमागत) स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला सिँचाइ कार्यालय र संघीय संसद विकास कोष साझेदारी ।
३) टाट्के सिँचाइ पोखरी निर्माण २ लाख ।
४) ताउल्या रह बलमाटे सिँचाइ कुलो निर्माण ४ लाख, स्थानीय सरकार ।
५) भडारे सिँचाइ पोखरी निर्माण २ लाख, स्थानीय सरकार ।

६) सल्लाबोट सिँचाइ पोखरी निर्माण २ लाख, स्थानीय सरकार ।
७) बिउरेखोला नेटा सिँचाइ पोखरी निर्माण १ लाख ५० हजार, स्थानीय सरकार ।
८) आरुबोट सिँचाइ पोखरी निर्माण ३ लाख, स्थानीय सरकार ।
९) टाकुरा सिँचाइ पोखरी निर्माण ३ लाख, स्थानीय सरकार ।
१०) टाट्के सिँचाइ पोखरी निर्माण २ लाख, स्थानीय सरकार ।

११) तल्लो जिउला सिँचाइ पोखरी निर्माण ३ लाख, स्थानीय सरकार ।
१२) चैतिगारे सिँचाइ पोखरी मर्मत १ लाख, स्थानीय सरकार ।
१३) भाङ्गाचौर सिँचाइ पोखरी निर्माण २ लाख, स्थानीय सरकार ।
१४) ठुलाखोला कुलाडाँडा सिँचाइ पोखरी निर्माण २ लाख, स्थानीय सरकार ।
१५) सिँचाइ पोखरी निर्माण (२ वटा) तथा कृषि सामाग्री वितरण ९ लाख, सुन्तला ब्लक कार्यक्रम, प्रदेश सरकार, कृषि ज्ञान केन्द्र रुकुम पश्चिम

१६) खारखोला सिँचाइ पोखरी निर्माण २ लाख ५२ हजार, ASHA परियोजना ।
१७) रानीसल्ला सिँचाइ पोखरी निर्माण ४ लाख, ASHA परियोजना ।
१८) तिल्चा सिँचाइ पक्की कुलो निर्माण ६ लाख ६१ हजार ५७०, पहाडी साना किसान ASHA परियोजना ।
१९) वडा नं. ८ लिफ्ट सिँचाइ आयोजना ६ लाख ७४ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)

२०) तल्लो रतिगारे धारे पाखा हुँदै नयाँ बिरौटा सिँचाइ पक्की कुलो निर्माण ५ लाख ५० हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)

शिक्षा पुर्वाधार विकास

शिक्षा पुर्वाधार विकास तर्फ जम्मा रु.१ करोड ५८ लाख ५६ हजार ८८५ ।

१) श्री कालिका मावि कोटमौला
i) ICT ल्याब ३६ लाख, नेपाल दुर संचार प्राधिकरण ।
ii) ICT ल्याब फर्निचर निर्माण २ लाख ५० हजार ।
iii) चारकोठे भवन निर्माण (क्रमागत) अन्तिम भुक्तानी १८ लाख, संघीय सरकार, जिल्ला शिक्षा कार्यालय ।
iv) छ कोठे भवन निर्माण ५० लाख (क्रमागत), प्रदेश सरकार ।
v) पुस्तकालय निर्माण ६ लाख ५० हजार, संघीय सरकार जिल्ला शिक्षा कार्यालय ।
vii) विज्ञान प्रयोगशाला १ लाख ५० हजार ।
viii) फर्निचर तथा कार्यालय व्यवस्थापन २ लाख ।
ix) फर्निचर निर्माण ३ लाख ५० हजार ।
x) पर्खाल निर्माण २ लाख ५० हजार ।
xi) खेलमैदान निर्माण १ लाख ५० हजार ।
xii) शिक्षण सहयोग अनुदान, ११ लाख ८८ हजार (क्रमागत), स्थानीय सरकार ।
xiii) कुल बहादुर तुलि बुढाथोकी अक्षयकोष २ लाख, स्व. कुल बहादुर बुढाथोकी र तुलि बुढाथोकीको स्मृतिमा उहाँका छोराहरू लक्षीराम बुढाथोकी, हरिहर बुढाथोकी, नगरप्रमुख लोकमान बुढाथोकी र गंगाराम बुढाथोकीबाट संयुक्त रूपमा स्थापना गरिएको ।
xiv) कुल बहादुर बस्नेत अक्षयकोष १ लाख, स्व. कुल बहादुर बस्नेतको स्मृतिमा उहाँका भाइ मा. टेकबहादुर बस्नेत र छोराहरू परिवर्तन बस्नेत र नवराज बस्नेतबाट संयुक्त रूपमा स्थापना गरिएको ।

२) श्री सरस्वती सदन आवि गैरागाउँ
i) पक्की वाल निर्माण २ लाख ५० हजार ।
ii) कार्यालय व्यवस्थापन तथा खानेपानी निर्माण १ लाख ५० हजार ।
iii) खानेपानी ट्यांकी निर्माण तथा व्यवस्थापन २ लाख १८ हजार ८८५, पहाडी साना किसान ASHA परियोजना ।

३) श्री शारदा आवि रानीसल्ला
i) कार्यालय व्यवस्थापन २ लाख ।
ii) खानेपानी ट्यांकी तथा धारा निर्माण तथा २ लाख, ५० हजार ।
iii) कम्प्युटर र प्रीन्टर खरिद ५० हजार ।

४) श्री जीवन ज्योति आवि गैरिबिसाउनी
i) पक्की वाल तथा गेट निर्माण ५ लाख ।
ii) कार्यालय व्यवस्थापन १ लाख ।
iii) फर्निचर तथा कम्प्युटर खरिद १ लाख ५० हजार ।

५) श्री जयकाली आवि खत्रीगाउँ
i) कार्यालय व्यवस्थापन १ लाख ।
ii) फर्निचर खरिद ५० हजार ।

स्वास्थ्य तथा सरसफाइ

स्वास्थ्य तथा सरसफाइ तर्फ जम्मा रु.५१ लाख ८४ हजार ९६४।

१) कोटमौला स्वास्थ्य चौकी
i) ल्याब भवन निर्माण तथा वाल मर्मत, १० लाख, स्थानीय सरकार ।
ii) घेराबार तथा गेट निर्माण ६ लाख ५० हजार, स्थानीय सरकार ।
iii) विद्युत तथा खानेपानी महशुल र अन्य स्वास्थ्य सामाग्री व्यवस्थापन ६ लाख २५ हजार (क्रमागत), स्थानीय सरकार ।
iv) खानेपानी आपूर्ति, सरसफाइ तथा फोहोर व्यवस्थापन संरचना निर्माण तथा स्तरोन्नति र सौर्य उर्जा प्रणाली जडान १९ लाख, ०९ हजार ९६४, स्थानीय सरकार र स्वच्छता परियोजना साझेदारी ।
v) स्वास्थ्यकर्मी आवास कोठा निर्माण ५ लाख,स्थानीय सरकार ।

२) गाउँघर क्लिनिक खत्रीगाउँ भवन निर्माण तथा कार्यालय व्यवस्थापन ३ लाख ।
३) गाउँघर क्लिनिक रानीसल्ला भवन निर्माण तथा कार्यालय व्यवस्थापन २ लाख ।

विद्युत लाइन विस्तार

विद्युत लाइन विस्तार तर्फ जम्मा रु.७९ लाख ।

१) गैरागाउँ, सुपारी विद्युत लाइन विस्तार १७ लाख, स्थानीय सरकार ।
२) परियार टोल, गैरिबिसाउनी, चैतिगारे, घामतारा विद्युत लाइन विस्तार १४ लाख, स्थानीय सरकार ।
३) तिल्चा, हर्लेनी, कटुवालगाउँ, चित्रालेखी विद्युत लाइन विस्तार १७ लाख, स्थानीय सरकार ।
४) भाङ्गाचौर, पल्लोगाउँ, केराठान, चौरगाउँ विद्युत लाइन विस्तार ५ लाख, संघीय सरकार ।
५) पहाडी टोल, माथिगाउँ विद्युत लाइन विस्तार ७ लाख, संघीय सरकार ।
५) ट्रान्सर्फमर जडान (३ वटा) १० लाख, संघीय सरकार ।
६) वडा नं. ८ का विभिन्न टोलमा विद्युत लाइन विस्तार ९ लाख, स्थानीय सरकार ।

कृषि तथा पशुपालन

कृषि तथा पशुपालन तर्फ जम्मा रु.२६ लाख ४० हजार ।

१) बाख्राको खोर सुधार (११० वटा) १६ लाख ५० हजार, ASHA परियोजना ।
२) उन्नत बोका वितरण (२ वटा) ४० हजार ।
३) बीउ बिजन वितरण तथा प्लास्टिक टनेल निर्माण ३ लाख, पहाडी साना किसान ASHA परियोजना ।
४) बाख्रा वितरण दलित लक्षित कार्यक्रम (क्रमागत) ३ लाख ५० हजार, स्थानीय सरकार ।
५) फुट स्प्रे तथा अन्य कृषि सामाग्री वितरण कार्यक्रम ३ लाख, स्थानीय सरकार ।

संस्कृति तथा पर्यटन प्रवर्द्धन

संस्कृति तथा पर्यटन प्रवर्द्धन तर्फ जम्मा रु.३९ लाख २५ हजार ।

१) रानीपोखरी पानी संकलन पोखरी निर्माण तथा घेराबार १५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२) कालिका मन्दिर अक्षय कोष स्थापना ३ लाख, स्थानीय सरकार ।
३) सहिद पार्क तथा स्तम्भ निर्माण २१ लाख २५ हजार (क्रमागत), स्थानीय सरकार । कार्यान्वयनको क्रममा रहेको ।

गोरेटो बाटो, झोलुङ्गे पुल तथा मसानघाट प्रतिक्षालय निर्माण

गोरेटो बाटो तथा झोलुङ्गे पुल निर्माण तर्फ जम्मा रु.१ करोड ०५ लाख ८६ हजार ।

१) हर्लेनी, तिल्चा, साङखोला दोभान मसानघाट गोरेटो बाटो तथा प्रतिक्षालय निर्माण ४ लाख ५८ हजार ५००, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
२) रानीसल्ला मसानघाट गोरेटो बाटो तथा प्रतिक्षालय निर्माण ७ लाख ८२ हजार (क्रमागत), स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
३) बिउरेखोला, चौरा ढिक मसानघाट गोरेटो बाटो तथा प्रतिक्षालय निर्माण ६ लाख ६७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
४) पोखरानेटा समाधी स्थल घेराबार तथा फिल्ड निर्माण ६ लाख ८८ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
५) गोरानेटा, ठाकुर गाउँ, कैनीखोला हुँदै बिउरेखोला जाने गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
६) ठाकुरगाउँ सिमखोला हुँदै बागदुला जोड्ने गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
७) आग्रेखोला, घुयालिबोट, झालेढुङ्गा गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
८) रानीसल्ला जोखेटाकुरा जोड्ने तिल्चाखोला बेलिबृज पुल निर्माण ३० लाख, स्थानीय सरकार, संघीय सरकार र दातृ निकाय साझेदारी ।
९) बुरेली कालाखेत जोड्ने शारदा खोला झोलुङ्गे पुल निर्माण १८ लाख २५ हजार, स्थानीय सरकार, संघीय सरकार र दातृ निकाय साझेदारी ।
१०) भडारे थारमारे जोड्ने शारदा खोला झोलुङ्गे पुल निर्माण २३ लाख, स्थानीय सरकार, संघीय सरकार र दातृ निकाय साझेदारी ।

अन्य विविध

अन्य विविध तर्फ जम्मा रु.१ करोड २५ लाख ०७ हजार ।

१) वडा कार्यालय भवन निर्माण, खेलमैदान, पक्की वाल निर्माण, घेराबार ४३ लाख (क्रमागत), स्थानीय सरकार ।
२) वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन ६ लाख (क्रमागत), स्थानीय सरकार ।
३) रिचार्ज पोखरी १० लाख ७७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४) खरको छानो विस्थापन कार्यक्रम (६ वटा) ३ लाख, प्रदेश सरकार ।
५) जनता आवास कार्यक्रम (३ वटा घर) ९ लाख, संघीय सरकार ।
६) कोटमौला बहुउद्देश्यीय भवन तथा फिल्ड निर्माण २३ लाख (क्रमागत), स्थानीय सरकार । (निर्माणको क्रममा रहेको)
७) लक्षित वर्गका लागि सिपमुलक कार्यक्रम (सिलाई कटाई, झोला बुनाई र ढाँका बुनाई) १० लाख ५० हजार, स्थानीय सरकार ।
८) भुकम्प प्रतिरोधात्मक तालिम, नमुना घर निर्माण तथा घेराबार, ५ लाख ८० हजार, स्थानीय सरकार ।
९) कोटमौला प्रतिक्षालय फर्निचर व्यवस्थापन ५० हजार ।
१०) मंगराँखोला ओखर वृक्षारोपण कर्याक्रम ५ लाख, ASHA परियोजना ।
११) कराँते खेल प्रशिक्षण तथा खेलकुद व्यवस्थापन २ लाख ५० हजार (क्रमागत) ।
१२) पोखरीडाँडा बन वृक्षारोपण तथा घेराबार ३ लाख, स्थानीय सरकार ।
१३) शान्तिनगर खेलमैदान निर्माण ३ लाख, स्थानीय सरकार ।

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार