चैत ९, सल्यान – बागचौर नगरपालिका वडा नं. ५ शिर्पामा अवस्थित श्री सहिद भरत स्मृति माविको २ कोठे भवन, गेट घेरबार तथा मावि उद्घाटन कार्यक्रम बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीद्वारा सम्पन्न भएको छ ।
उक्त भवन, गेट घेरबार तथा मावि उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिकाका ६८ विद्यालय मध्ये यो विद्यालय छुट्टै पहिचान बोकेको विद्यालय भएको भन्दै यसलाई आफुले पनि त्यहि नजरले हेरेको बताए । उनले यो विद्यालयको लागि पार्टिले गरेको लगानी र निर्देशनलाई आफुहरुले केहि हदसम्म भएनि पूरा गरेको दाबी समेत गरेका छन । उनले भौतिक संरचना बन्नु मात्रै ठुलो कुरा नभएको बताउँदै यसको संरक्षण गर्न सम्पुर्णलाई अनुरोध समेत गरेका छन ।
बुढाथोकीले भने विगत १ महिना यता नगरपालिकाको १२ वटै वडामा विभिन्न विकास निर्माण कामहरु सम्पन्न भए पश्चात् उद्घाटनमा व्यस्त भएको बताएका छन । उनले भने मान्छेहरुले यो चुनावी तयारी हो भनेर कुरा काटिरहेको पाएको छु, चुनावमा आउने नआउने अहिले नै केही निर्णय नभएको र फेरि यो तत्काल बनेका काम पनि नभई आ.व.२०७७/०७८ मा विनियोजित बजेटबाट निर्मित कामहरुको उद्घाटन गरेका छौ यसलाई सधै नकारात्मक धारणा मात्रै राख्ने नगरौ कम्तीमा गरेका कामलाई गरेको भनौ, जसले हामीलाई सकारात्मक दिशातिर लाग्न उर्जा थपोस ।
उनले निर्वाचित भएदेखि आफुहरु कहाँ आएको सिमित बजेटले सोचेजति काम गर्न नसकेको भएतापनि सबै वडामा सबैखाले विकास पुर्वाधारहरुका काममा समानढङ्गले गरेको बताएका छन ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि नगर उप-प्रमुख कल्पना पुनले सल्यान जिल्लाकै सन्दर्भमा नेकपा (माओवादी केन्द्र) ले निर्णय गरेर सहिदको नाममा स्थापना गरेको पहिलो ऐतिहासिक पहिचान बोकेको विद्यालय भएको बताईन । उनले अहिले यो विद्यालय पार्टीले संचालन नगरे पनि नभुलेको बताउँदै आझै पनि यश विद्यालयको भौतिक, शैक्षिक तथा आर्थिक कुराहरु पर्याप्त नभएकोले भोलिका दिनमा आफुहरु सरकारमा भए पनि नभएपनि पुर्ण सहयोग गर्ने बताएकी छिन ।

त्यस्तै कार्यक्रमका अतिथि नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य एवम् वि.सं. २०६३-२०७३ सम्म यश विद्यालयको पुर्व अध्यक्ष समेत रहेका ज्ञान ब. वली (माईकल) ले जनयुद्धकालमा स्थापना भएको यश विद्यालयको ऐतिहास विछट्टै नै भएको बताएका छन । उनले आवासीय विद्यालयको रुपमा स्थापना गरिएको विद्यालयलाई यो स्थानसम्म ल्याउन आफुले हिजोका दिनहरुमा पनि ठुलो भुमिका खेलेको र आझै पनि कटिबद्ध भएर लाग्ने प्रतिवद्वता गरेका छन । वलीले यो विद्यालय सहिद भरत प्रसाद भावुकको सपना पूरा गर्नलाई स्थापना गरिएको विद्यालय भएको भन्दै यसलाई जनयुद्धको आन्दोलनको पुँजीको रुपमा लिनु पर्ने बताएका छन ।
यस्तै बागचौर नगरपालिका शिक्षा तथा खेलकुद शाखामा कार्यरत कर्मचारी एवम् सहिद भरत (भावुक) का सुपत्र रविकिरण वलीले बुबाले दिएको बलिदानलाई मुल्यांकन गरि यो विद्यालयको स्थापनाकाल देखि हालसम्म सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन । उनले यो विद्यालयको स्तरउन्नती हुनुमा आफू मात्रै खुसी नभई यहाँका सबै बासीहरु भाग्यमानी भएको बताए । शैक्षिक क्षेत्रका थुप्रै मुद्वाहरु ओझेलमा परेको बताउँदै यसको लागि संघ, प्रदेश हुँदै स्थानीय सरकारले महत्त्वपूर्ण भुमिका खेल्दिनु पर्ने कुरा समेत बताएका छन । उनले नगर शिक्षा शाखाले बागचौरका १२ वटै वडाका विद्यालयहरुमा समानान्तर तरिकाले शिक्षामा बजेट विनियोजित गरेको र यस विद्यालयलाई पनि न्याय नै गरेको बताएका छन ।

कार्यक्रममा बागचौर नगरपालिका वडा नं. ५ का का.वा. वडाध्यक्ष विक्रम रावत, सरस्वती माविका प्र.अ. रामरोशनी बस्नेत, जनसेवा आवि बा.न.पा. ५ का वि.व्यस अध्यक्ष लिलमान भण्डारी, महेन्द्र आवि रारेचौरका शिक्षक शीवराम विक, शारदा रिसोर्स बोडिङ्ग स्कुलका प्रिन्सिपल हिमाल भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा ५ नं. वडाका सम्पुर्ण जनप्रतिनिधि, विभिन्न राजनीति दलका प्रतिनिधि, विभिन्न विद्यालयका वि.व्य.स. अध्यक्षहरु, पत्रकार लगायत अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न ठाउँका आमा समुहहरुको नृत्य, झांकी, विद्यार्थी भाईबहीनीहरुको नृत्य, दमाह बाजा सहितको नृत्य प्रस्तुती भएको थियो । साथै कार्यक्रममा नगरपालिका परिवार, विद्यालय पुर्व विव्यस अध्यक्षहरु, पुर्व प्र.अ.हरु, उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक, भवन निर्माणकर्ता लगायतका अतिथिहरुलाई सम्मान समेत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समित अध्यक्ष शेर ब.वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका पुर्व प्र.अ. तथा शिक्षक कृष्ण प्रसाद शर्माले राखेका थिए भने कार्यक्रमको सहजीकरण विद्यालयका निमित्त प्र.अ. तारादेव शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ९ गते बुधवार