चैत ६ सल्यान – गत तीन दिन देखि संचालन भएको दार्मा गाउँपालिका स्तरीय सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताकाे सम्पन्न भएको छ।

यसअघिका लगातार तीन वर्ष रनिङ शिल्ड जित्न सफल जनज्योति मा.वि दार्मा-३,फारुलाचाैरले याे वर्ष पनि जम्मा २८ खेलमा ११ स्वर्ण,७ रजत र ७ कास्य सहित चाैथोपटक पनि रनिङ्ग शिल्ड लिएको छ।

उक्त प्रतियोगितामा पालिका भित्रका मा.वि स्तरका विभिन्न ६ वटा विद्यालयले सहभागी जनाएका थिए। जस अन्तर्गत सुर्योदय मा.वि गोठिबनले स्वर्ण ८, रजत ६ र कास्य ४ लिएको छ। त्यसैगरि राष्ट्रिय मा.वि दार्माकोटले स्वर्ण ४, रजत ९ र कास्य ८ लिएको छ। बालकल्यान मा.वि भुबनटाकुरिले स्वर्ण २, रजत ३ र कास्य ३ लिएको छ। ने.रा मा.वि ढाकाडामकोट स्वर्ण २, रजत २ र कास्य २ लिएको छ। नब सर्बसाधारण मा.वि रातामाटाले स्वर्ण १, रजत १ र कास्य ५ लिएकाे गाउँपालिकाले जनाएको छ।

अध्यक्ष कपको नामबाट सञ्चालन हुने गरेको खेलकुद प्रतियोगिता २०७७ सालदेखि गाउँपालिका अध्यक्ष निमबहादुर केसीले सहिदहरूको सम्मानमा ‘सहिद स्मृति कप’ नामाकरण गर्ने घाेषणा गरेका थिए।

खेलकुद क्षेत्रको विकासका लागि दार्मा गाउँपालिकाको खेलकुद विकास ऐन, २०७८ जारी गरिएको छ । त्यसैगरी युवा क्लव तथा खेल समूहका लागि खेल सामग्री प्रदान, विभिन्न अवसरमा खेलकुद प्रतियोगिताको आयोजना, खेलमैदान निर्माण, खेलाडी सहभागिता, उत्कृष्ट खेलाडीहरूको सम्मान लगायतका कार्यक्रमहरू गाउँपालिकाले सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार