चैत ६, सल्यान – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागचौर नगरकमिटी अध्यक्ष प्रमोद डाँगीले पदबाट राजीनामा दिएका छन ।

शनिबार जिल्ला कमिटीलाई पत्र लेख्दै डाँगीले राजिनामा दिएको जनाएका छन ।

पार्टीमा व्यक्तिवादी प्रवृती हावी भएको र केन्द्रको हस्तक्षेपको विरोध नगरी झन मलजल गर्ने काम भएकाले नैतिकताको आधारमा पार्टीमा बस्न नसकिने उनले बताएका छन ।

राप्रपा परित्याग गरेर पूर्व अध्यक्ष कमल थापाले राप्रपा नेपाल पुनः गठन गरेपछि सल्यानमा राप्रपा परित्याग गर्ने क्रम बढेको देखिन्छ ।

प्रकाशित मिति : २०७८ चैत्र ६ गते आइतवार