आश्विन ९ राेल्पा – जिल्लाकाे त्रिवेणी गाउपालिका वडा न: १ करेटीमा एक घर भत्किएको छ। करेटी १ सिवाङधारामा अमर बहादुर डाँगीकाे घर एक्कासी भत्किएको हाे । २०७२ सालकाे भूकम्पले हल्लाएर चर्किएको उक्त घरमा डाँगी परिवारहरु बस्दै आएका थिए ।
दिउँसोकाे समयमा भएकोले गर्दा बालबालिका विद्यालय गएकाे र पशुचाैपाय पनि बाहिर भएकोले गर्दा मानवीय क्षेति र पशुचाैपायमा क्षति नभए पनि घरभित्रमा रहेका अन्नपात लत्ताकपडा लगाएत सबै सामानहरुमा क्षति भएकाे हुरेक रेाल्पाका शिक्षा अधिकृत हस्त बहादुर घर्ती मगरले जानकारी दिनु भयाे । डाँगी परिवार विगत देखि चर्किएको घरमा बस्दै आएका थिए।