आश्विन ९ राेल्पा – सेभद चिल्ड्रेन र हुरेक राेल्पाकाे आयाेजना तथा त्रिवेणी गाउँपालिका राेल्पाकाे समन्वयमा संचालित परियाेजना सल्लाहकारकाे अनुगमन समिक्षात्मक कार्यक्रम सम्पन्न भएकाे छ ।

हुरेक राेल्पाका कार्यक्रम संयाेजक धरेन्द्र प्रशाद डागीबाट संचालित कार्यक्रमकाे अध्यक्षता गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले गर्नु भएकाे थियाे
समिक्षात्मक कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी ,प्रशासकीय अधिकृत हेमराज उपाध्याय , लेखा अधिकृत सुदिप सिग्देल ,शिक्षा अधिकृत अमृता बुढाथोकी ,सुचना अधिकृत भरत डागी,सेभद चिल्ड्रेनका बाल संरक्षण कान्ति खड्का ,सेभद चिल्ड्रेनका जिविकाेपार्जन संयाेजक कमल खनाल सेभद चिल्ड्रेनका डकुमेन्टेशन मिडिया कम्युनिकेसन दुर्गा प्रसाद तिवारी ,हुरेक राेल्पाका शिक्षा अधिकृत हस्त बहादुर घर्ती हुरेक राेल्पाका जिविकाेपार्जन विजय तिवारी तथा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुकाे सहभागीता रहेकाे थियोे ।

यस परियाेजनाले तीन बर्षकाे समयमा बालबालिका क्षेत्रमा गरेको कार्यहरुकाे अनुगमनमा भए गरेका गतिविधिहरुकाे समिक्षा गरेकाे हाे । २०७४ साल देखि यस गाउँपालिमा एकिकृत परियाेजना लागू भएकाे थियाे । विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई शिक्षाकाे पहुँचमा ल्याउने र सुखी र समृद्धि त्रिवेणी गाउँपालिका निर्माणका लागि बालबालिका क्षेत्रमा विशेष सहयोग पुर्‍याएकाे परियाेजना २०७७ साल असाेज चाैँध गते सकिन लागेकाे हाे ।

यस गाउँपालिकामा एकीकृत परियाेजनाले हाम्रो समाजमा पुस्ताै देखि रहेका बालश्रमकाे समस्यालाई केहि हद सम्म राेक्न र बालबालिका क्षेत्रमा गरेकाे कार्य प्रति प्रशंसा गर्दै परियाेजनाले छाेडि दिएकाे जिम्मालाई यस गाउँपालिकाले आगामि दिनमा पनि निरन्तरता दिने कुरा विश्वास दिलाउनु भएकाे छ।बालबालिका भनेका भाेलिका कर्णधार र सभ्य नागरिक भएकाले पनि आगामि दिनमा कसरी अगाडि बढ्ने भन्ने कुरामा निश्चित खाका तयार गरेर बालबालिका क्षेत्रमा काम गर्ने बताउनु भयाे।

यसै बिच त्रिवेणी गाउँपालिकामा यस परियाेजनाले खेलेको महत्त्वपूर्ण भूमिका र बालबालिका क्षेत्रमा गरिएको उल्लेखनीय याेगदानकाे कदर गर्दै अझै थप दश वर्ष सम्म कार्यक्रम गरिएमा यस गाउँपालिकामा अझ धेरै बालबालिका क्षेत्रमा कार्य सफलता हुनेमा आफु ढुक्क भएकाे प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले बताउनुभयो एकिकृत परियाेजना मात्र नभएर विभिन्न संघसंस्थाहरुले कार्य याेजना बनाउदा एक दुई वर्षमा मात्र सिमित याेजना नबनाएर दश वर्षे याेजना बनाएर कार्य गरीयाे भने कार्यक्रम अझ प्रभावकारी हुने केसीले बताउनु भयाे।

गाउँपालिमा परियोजनाले तीन बर्षमा गरेकाे कामकाे समिक्षात्मक कार्यक्रममा बाेल्दै सेभ द चिल्ड्रेनका बाल सरक्षण कान्ति खड्काले बालबालिकाकाे हक अधिकार संरक्षण र गाउँपालिकामा स्थापना गरिएको बालकाेषकाे रकमलाई वृद्धि गरी जाेखिममा रहेका बालबालिकाकाे सहयोगलाई निरन्तरता दिने कुरामा जाेड दिनुभएकाे छ । हामी र हाम्रो संस्था यस गाउँपालिकामा नरहे पनि हामीले छाेडि दिएकाे जिम्मेवारीलाई आगामि दिनमा पनि कार्ययोजना बनाएर बालबालिका क्षेत्रमा थुप्रै कार्य गर्न खड्काले अनुराेध गर्नु भएकाे छ ।
साथै कार्यक्रममा सहभागी सबैले एकिकृत परियाेजनाले गरेकाे याेगदानकाे कदर गर्दै धन्यवाद दिएका थिए

प्रकाशित मिति : २०७७ असोज ९ गते शुक्रवार