चैत ३ काठमाडौ – नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीले पुर्णता पाएकाे छ।
प्रदेश अध्यक्षमा यसअघि नै सुदर्शन बराललाई सहमतिमा चयन गरिए पनि अन्य पदाधिकारीहरुकाे लागि अन्याेल थियाे। बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटीको प्रथम पुर्ण बैठकले बरालको अध्यक्षतामा २५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ।
जस अन्तर्गत प्रदेश कमिटी उपाध्यक्षहरु तिनजना बर्दियाका दुर्गा थारु `कबिर´, दाङका लुमाकन्त न्यौपाने `सागर´ र रोल्पाका बीरबहादुर खत्री `अपराजय´ चयन भएका छन। त्यस्तै सचिवमा प्युठानका कृष्ण अधिकारी `प्रकाश´, सह-सचिवहरुमा तिनजना बाँकेका अकलबहादुर बम, पाल्पाकी पार्वती बिक र कपिलवस्तुका काशीराम यादव, कोषाध्यक्षमा रुपन्देहीका निर्दोष अली चयन भएका छन् ।
सबै पदाधिकारीलाई माओवादी केन्द्रका नेता वर्षमान पुन र प्रदेश इन्चार्ज चक्रपाणी खनालले सपथ ग्रहण गराएका थिए।