चैत २, सल्यान – सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता गुनासो सुनुवाई तथा नागरिक सहभागिता अभिवृद्धि सम्बन्धी बागचौरको शारदा टप होटलको सभाहलमा आयोजना गरिएको एक दिने अभिमुखिकरण कार्यक्रम सम्मपन्न भएको छ ।
कार्यक्रममा नगर प्रमुख लोकमान बुढाथोकिले यस्ता प्रकारका कार्यक्रमले निकट भविष्यमा सार्वजनिक निकायमा हुने गरेका वा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासँग सम्बन्धित गुनासो सुनुवाई सहजतापुर्वक हुने देखिएको बताएका छन । उनले निश्चित समयमा तोकिएका समिति मार्फत गुनासो फर्छौट हुने र सेवाग्राहिले सहज र सरल तरिकाले सेवा लिन सक्ने पनि बताएका छन् ।
कार्यक्रममा गुनासो सुनुवाई समितिका पदाधिकारीको लागि विभिन्न कानुनसँग सम्बन्धित रहेर पदाधिकारीको कार्यविभाजन, काम कर्तव्य, अधिकार, गुनासो गर्ने प्रकृया, गुनासोको माध्याम र गुनासो दर्ता गर्दा चाहिने कागजात लगाएतका विषयमा रहेर सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका प्रमुख धनेश्वर खड्काले प्रस्तुत गरेका थिए ।
बागचौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर हमालको अध्यक्षतामा सुरु भएको अभिमुखीकरण कार्यक्रममा उप-प्रमुख कल्पना पुन, वडा अध्यक्ष, महिला वडा सदस्य, सूचना अधिकृत, सम्बन्धित शाखा प्रमुख, वडा सचिव लगाएत सिविस नेपालका संयोजक, सेभ द चिल्ड्रेनका बरिष्ठ परियोजना संयोजक र आर्थिक संयोजक लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण सेभ द चिल्ड्रेन सल्यानका सामाजिक परिचालक चुडामणी वलीले गरेका थिए ।