चैत १ सल्यान – नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन अनुदान सहयोग कार्यक्रम-दोस्रो चरण र दातृ निकाय UKAID (from the britain people) काे अनुदान सहयाेगमा बागचौर नगरपालिकामा तिनवटा ठुला खानेपानी याेजना सम्पन्न भएका छन।
नगरपालिकाले गौरवकाे याेजनाका रुपमा लिएको उक्त याेजनाहरु बागचौर नगरपालिका -५ मा सिर्पा खानेपानी याेजना नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको अनुदान – रु.४० लाख,जनश्रमदान रु.१२ लाख ३१ हजार २०४ रुपैयाँ ७० पैसा गरि जम्मा कुल लागत रु.५२ लाख ३१ हजार २०४ रुपैयाँ ७० पैसामा सम्पन्न भएको छ। उक्त खानेपानी याेजनाबाट ७० घरधुरी लाभान्वित भएका छन।
वडा नं. -८ काेटमौला खानेपानी याेजना नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको अनुदान – रु.६७ लाख ४४ हजार ७६८ रुपैयाँ ८५ पैसा, बागचौर नगरपालिकाको अनुदान – रु.१ लाख ९ हजार ५०० रुपैयाँ र जनश्रमदान – रु.२४ लाख ०४ हजार ०५५ रुपैयाँ ७७ पैसा गरि जम्मा कुल लागत रु.९२ लाख ५८ हजार ३२४ रुपैयाँ ६२ पैसा लागतमा सम्पन्न भएको छ। उक्ति खानेपानी याेजनाबाट १४६ घरधुरी लाभान्वित भएका छन।
वडा नं. -१० भाटभिटे लिफ्ट खानेपानी याेजना बागचौर नगरपालिकाबाट रकम रु १३,३०,६०१.६२/-, त्यसैगरी जलवायु कार्यक्रमबाट रु.५३,१४,४०४/-, र जनश्रमदान रकम रु.१५,३६,९२८.२४/- गरि कुल बजेट ८१,८१,९३३.८६/- लागतमा लिफ्ट खानेपानी सम्पन्न भएको हाे। उक्त खानेपानी योजनाबाट ५८ घरधुरी लाभान्वित भएका छन ।
उक्त अनुदान प्रदायक निकायका प्रतिनिधिहरु आएर निर्माण सम्पन्न भएका तिनवटै याेजनाहरुकाे स्थलगत अवलोकन गरि नगरपालिका संग द्विपक्षीय छलफल सहित योजनाहरु निर्माणको गुणस्तर र दीर्घकालीन प्रयोग तथा संरक्षण सम्बन्धमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहित संयुक्त रुपमा छलफल गरिएको नगरपालिकाले जनाएको छ।