फागुन ३०, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं. ४ को सिमखोली र लौराबाङ्गका किसानहरुलाई मुर्रा जातको विकासी भैँसी वितरण गरिएको छ ।
किसानहरुलाई भैंसी वितरण गर्दै नगरप्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिका वडा नं. ४ को सिमखोली र लौराबाङ लगायतको क्षेत्र भैसीपालनको लागि उचित भुगोल भएकाले किसानले उत्पादन गरेको दुध बिक्री वितरण गर्न समेत सहज हुने देखिएपछि यस क्षेत्रमा भैंसी वितरण गरिएको बताएका छन ।
उनले यश क्षेत्रलाई भैंसी पकेट क्षेत्र बनाई कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि सबै किसानलाई अनुरोध समेत गरेका छन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको एक स्थानीय तह एक पशु वस्तु उत्पादन अन्तर्गत दूध उत्पादनको लागि भैंसी ब्लक कार्यक्रम अनुसार, बागचौर नगरपालिकाको १० लाख, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको १५ लाख र किसानहरुको साझेदारीमा पहिलो चरणमा १५ वटा मुर्रा जातका विकासी भैंसी वितरण गरिएको बागचौर नगरपालिका पशु शाखा कार्यालय प्रमुख टेकबहादुर बस्नेतले बताएका छन् । उनले बाँकी १० वटा भैंसी केही दिन भित्रै किसानलाई उपलब्ध गराउने समेत जानकारी दिएका छन ।

भैंसी वितरण कार्यक्रममा बागचौर नगरपालिका वडा नं.४ का वडाअध्यक्ष प्रेमबहादुर पुन, वडा सदस्यहरु तुलसीराम घर्ती, कृष्ण बहादुर बस्नेत, पत्रकार किसान लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार