फागुन २९ मोरङ – १८ महिने बालिकाको बलात्कार पछि हत्या गरेकाे आराेपमा दाजुभाइ पक्राउ परेका छन।

पक्राउ पर्नेमा सुन्दरहरैचा-७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरी सार्वजनिक गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।

शुक्रबार बेलुका करिब ५ बजेतिरघरमा खेलिरहेकि बालिकालाई दस रुपैयाँ र चाेकाेपन दिएर बालिकाको घर भन्दा केही परकाे बनमाराकाे झाडीमा लिएर पालैपालो बलात्कार गरेपछि हत्या गरेकाे पुष्टि भएको जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

बालिका हराएको केही समयपछि झाडीमा अचेत अवस्थामा भेटिएपछि उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शनिबार बिहान १ बजेतिर मृत्यु भएको र अनुसन्धानकाे लागि ती दाजुभाइलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरि अनुसन्धान गर्दा झाडीमा लिएर सुरुमा भाई अजयले र त्यसपछि दाजु मिथुनले बलात्कार गरि ढुङ्गा र बियरको बोतलले बालिकाको टाउँकोमा प्रहार गरेकाे खुलेकाे र अहिले अदालतबाट ५ दिनकाे म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जिसीले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार