फागुन २८, सल्यान – बागचौर नगरपालिकाको अग्लाटाकुरा प्रितीकोटमा दुई दिनसम्म लागेको मेलामा मेलाको निहुँले भ्यु टावर हेर्ने र भ्यु टावरमा चढ्नेको घुइँचो बढेको थियो ।
डाँगी जातिहरुको उद्गम स्थल मानिने उक्त ठाउँमा डाँगी जातिका जिजु बुबा सिरु डाँगी, मख्खन कामी र ईरु कुकुरकोहरुको मुर्ति तथा वगेश्वरी मन्दिरको घेरबार र गेटको उद्घाटन शुक्रबार बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले गरेका थिए ।
हिजो अर्थात् शुक्रबार देखि लागेको मेला दुई दिनसम्म संचालन भै आज विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गरेर समापन भएको थियो । मेला हेर्न सयौं संख्यामा अग्लाटाकुरा पुगेका दर्शकहरुले भ्यु टावर चढ्नको लागि एकदम रहर गरेपछि सबैको ईच्छालाई बुझ्दै नगर प्रमुख बुढाथोकीले पहिलो दिन ३ सिप्टमा १५० जनाको दरले भ्यु टावर चढाएका थिए भने आज पनि सोहिअनुसार मेला गएका सबै दर्शकलाई माथि जाने र फोटा खिच्ने, टिकटक बनाउने रहर पूरा गर्दिएका थिए ।
प्रितीकोट मेला समापनका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले दुई दिनसम्म लागेको मेला अवलोकनबाट आफुमा झन यसतर्फ काम गर्न उत्सुकता जागेको बताएका छन । उनले बागचौरबासीहरुले सांस्कृतिक कार्यक्रमप्रति देखाएको चासो एवम् उत्सुकता देखेर अब निरन्तर भ्यु टावरमा बन्ने सबै संरचना बनाउने र यहाँ एकदमै ठुलो सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने समेत बताएका छन ।
हेर्नुहोस अग्लाटाकुरा लागेको मेलासँगै भ्यु टावर चढ्ने दर्शकको घुइँचो :-



















