फागुन २८ राेल्पा – परिवर्तन गाउँपालिकाको आयोजनामा बालविवाह न्यूनीकरणका लागि किशोरी सँग उपाध्यक्ष भेटघाट तथा अभिमुखिकरण कार्यक्रम अन्तिम दिन परिवर्तन गाउँपालिका १ कुरेली खरिबोटमा सम्पन्न भएको छ।

परिवर्तन गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको अतिथिमा परिवर्तन गाउँपालिका १ का वडा अध्यक्ष बम बहादुर पुन,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगर,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष खेम बहादुर बुढा,परिवर्तन गाउँपालिका युवा सञ्जालका अध्यक्ष लोकेन्द्र रोका मगर,स्वास्थ्य चौकी राङ्कोट्का अनमी भावना घर्तीमगर,जनकल्याण आधारभूत विद्यालय शिक्षिका तिल कुमारी रोका र जनकल्याण मावि शिक्षिका विनरासी बुढामगर लगाएतको आतिथ्यता रहेको थियोे।परिवर्तन गाउँपालिका १ का ३ विद्यालय जनकल्याण मा.वि,जनकल्याण आधारभूत विद्यालय र मावी उपबाङका करिब ७६ जना कक्षा ८,९ र १० मा अध्ययनरत किशोरीहरु सँग अभिमुखिकरण गरि कार्यक्रम सम्पन्न भएको हाे।

स्वास्थ्य चौकी कुरेलीका ल्याव असिस्टेन्ट प्रबिन बुढामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका कर्मचारी रवीन्द्र खड्काले गरेका थिए।

परिवर्तन गाउँपालिकाको महत्त्वपूर्ण र रोल्पा जिल्लाको स्थानीय तहहरु मध्ये बिल्कुल नयाँ कार्यक्रम”बालविवाह न्यूनीकरणका लागि किशोरी सँग उपाध्यक्ष भेटघाट तथा अभिमुखिकरण”कार्यक्रम बनाएको परिवर्तन गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढामगरको भनाइ रहेको छ। आफूले नविनतम ढंगले सोचेर कार्यक्रम निर्माण गरि कार्यान्वयनमा लगेको बुढाको दाबी रहेको छ। बालविवाह रोकथाम गर्नको लागि गह्राष्ट लेभल बाट मात्र नभई अझ विद्यालय स्तर देखि किशोरीहरुलाई जानकारी गराएपछि प्रभावकारी हुने उद्देश्यले कार्यक्रम तय गरिएको बताइएको छ। परिवर्तन गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढाले २०७८ फागुन २५ गते देखि परिवर्तन गाउँपालिका १ देखि ६ वडामा रहेका आधारभूत विद्यालय र माध्यमिक विद्यालयमा अध्ययन गर्ने कक्षा ८,९ र १० का किशोरीहरु सँग भेटघाट तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको बताइन।

कार्यक्रम सञ्चालन भएका विद्यालयहरु फागुन २५ गते बुधबार परिवर्तन गा.पा २ राङ्सीको जनसेवा (नमूना)मावी र नेपाल राष्ट्रिय मा.वि रामखुम,२६ गते बिहीबार परिवर्तन गा.पा ३ र ६ को बागमारा जनता मावी बागमारा,बाल शिक्षा मावी थुनिकोट,नेपाल राष्ट्रिय मा.वि केवरी र नेपाल राष्ट्रिय मा.वि कोल्बोट नाफे,२७ शुक्रबार गते परिवर्तन गा.पा ५ राङ्कोटको नेपाल राष्ट्रिय(नमूना)मा.वि थप प्राविधिक तथा व्यवसायीक विद्यालय,निम्न माद्यामिक विद्यालय कोरल र त्रिवेणी मा.वि अर्को परिवर्तन गा.पा ४ पाछाबाङको बागमाराको भैसीकोट्मा जनज्योति मा.वि,सरस्वती आधारभूत विद्यालय,भानुभक्त आधारभूत विद्यालय र दिव्य ज्योति मावी त्यसैगरी २८ गते शनिबार परिवर्तन गा.पा १ कुरेलीको जनकल्याण मा.वि ,जनकल्याण आधारभूत विद्यालय तथा माध्यमिक विद्यालय उपबाङ गरि करिब १६ वटा विद्यालयका करिब ८ सय किशोरीहरुसँग विद्यालयमा भेटघाट तथा अभिमुखिकरण गरिएको जनाइएको छ।

कार्यक्रमका प्रशिक्षक नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगरले बालविवाहको कानुनी जटिलता,प्रावधान र व्यवस्थाको बारेमा प्रशिक्षण दिएका थिए भने नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष खेम बुढामगरले कम उमेरमै विवाह गर्दा हुने शारीरिक,मानसिक,आर्थिक र भावनात्मक असरको बारेमा प्रशिक्षण दिएका थिए। त्यसैगरी स्वास्थ्य चौकी राङ्कोट्की अनमी भावना घर्तीमगरले कम उमेरमा विवाह गर्दा हुने स्वास्थ्य प्रजननमा पर्ने असरको बारेमा प्रशिक्षण दिएकि थिइन।

केही दिनमै परिवर्तन गाउँपालिकाको आयोजनामा अर्को नयाँ सासु तथा बुहारी सँग सम्बन्धित कार्यक्रम परिवर्तन गाउँपालिकाको ६ वटै वडामा सञ्चालन हुने पनि बताइएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार