फागुन २७ सल्यान – भेडा बाख्राहरुमा लाग्ने पिपिआर रोग विरुद्धको खोप अभियान सल्यान जिल्लामा सुरु गरिएको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान सहित १० वटै स्थानिय तहरुमा पशुपन्छि विकास शाखाहरूबाट दुई हप्ताका लागि खोप अभियान सुरु गरिएको छ । कतिपय स्थानीय तहमा सुरु भइसकेकाे अन्यमा पनि सुरु गर्ने तयारी गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ।

पिपिआर राेग भेडाबाख्रामा लाग्ने महामारी राेग भएकाले यस राेग लागेपछि उपचार संभव नभएकोले पहिलेनै खोप लगाउनु बुद्धिमानी हुने पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए ।

प्रमुख उपाध्याय भन्छन्; “खाेप अभियानकै रूपमा संचचालन भै रहेकाे छ पि.पि.आर.राेग भेडाबाख्राकाे महामारी राेग हाे राेगलागे पछि उपचार समंभव छैन त्यसैले राेगलाग्नबाट बचाउन र पशुधनकाे सुरक्षा गर्न आफ्नोे पालिका काे पशु विकास शाखामा सम्पर्क राखि समयमा नै खाेप लगाउन अनुराेध गर्दछु।”

के हाे पि.पि.आर राेग ?

पारामिकसोडि मोखिली भाइरस प्रजातीको विषाणुको संक्रमणबाट भेडा बाख्रा प्रजातीमा सर्ने घातक संक्रमण गराउने र विषाणु बंशाणुगत रुपमा गाईभैसिमा पनि देखिने गोगोटि रोग लगाउने विषाणुसँग मिल्दो जुल्दो राेग हाे। अन्य नामः साना उधार काट्ने पशुको रोग, स्टोमाटाइटिस न्युमोइनटेरीटिस कम्ल्पेक्स, सुडो रिन्डरपेस्ट पनि भनिन्छ।

लक्षणहरु

यस रोगको बिरामी पशुहरुमा ओथारो बस्ने अवधि तिन देखि १० दिन हुन्छ । पशुको उमेर तथा शरीरमा यस रोग विरुद्ध लड्न सक्ने क्षमता अनुसार रोग क्षणिक वा दिर्घ रुपमा देखा पर्दछ । शरीरको तापक्रम ४०–४१  डिग्रि सेन्टिग्रेड सम्म एक्कासि बडेर जाने, जनावर लोसे, हिडदा शान्त तथा सुस्थिलाे पना हुने, नाकबाट पानी बग्ने, जुन कालान्तरमा बाक्लो गन्हाउने सिगान बगाउने, सिगानको पाप्रा बनि नाकको प्वाल थुनिने हुन्छ ।

त्यसैगरी स्वास फेर्न गाह्रो हुने, नाकमा म्युकस मेम्बरानहरुमा स–साना कुहिएको जस्तो दाग देखिने आखाँ रातो देखिने आंखामा कचेरा लाग्ने निरन्तर आसु बग्ने मुखको गिजामा कनिका छरे जस्तो स–साना दाना देखिने । अत्याधिक रगत नमिसिएको झाडापखाला लाग्ने जसले गर्दा शरिरमा जलअल्पता हुने गर्दछ । सुरुको सामान्य अवस्था पछि जलअल्पता, हाड छाला हुने गरि दुब्लाउने, स्वास फेर्न गाह्रो हुने, शरिरको तापक्रम घटेर जाने, पाच देखि दश दिनमा मृत्यु हुने गर्दछ । दिर्घ खाले रोगको अवस्था भने पाका पशुमा देखिने गर्दछ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार