फागुन २७ राेल्पा – बालविवाह न्यूनीकरणका लागि किशोरी सँग उपाध्यक्ष भेटघाट तथा अभिमुखिकरण कार्यक्रम राङ्कोट्मा सम्पन्न भएकाे छ।

परिवर्तन गाउँपालिकाको आयोजनामा बालविवाह न्यूनीकरणका लागि किशोरी सँग उपाध्यक्ष भेटघाट तथा अभिमुखिकरण कार्यक्रम परिवर्तन गाउँपालिका ५ राङ्कोटको नेपाल राष्ट्रिय(नमूना)माध्यमिक विद्यालय थप प्राविधिक तथा व्यवसायीक विद्यालयमा सम्पन्न गरिएको छ।

अभिमुखिकरण कार्यक्रमकाे अध्यक्षता परिवर्तन गाउँपालिका उपाध्यक्ष हित कुमारी बुढामगरको उपस्थितमा सुरु भएकाे अभिमुखिकरणकाे प्रशिक्षकमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नवीन लोचन मगर,नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष खेम बहादुर बुढामगर र स्वास्थ्य चौकी राङ्कोट्का अनमी भावना घर्तीमगर रहेका थिए।

कार्यक्रममा निमावि कोरल,मावी त्रिवेणी तथा ने.रा(नमूना)मावि थप प्राविधिक तथा व्यवसायीक विद्यालय राङ्कोट गरि करिब दुई सय विद्यार्थी किशोरीहरुको सहभागिता रहेको थियोे। कक्षा ८,९ र १० मा अध्यन गर्ने किशोरहरुलाई बालविवाह गर्दा हुने असर,प्रभाव,कानुनी प्रावधान,कम उमेरमा विवाह गर्दा स्वास्थ्यमा पर्ने असर लगाएतका विषयमा किशोरीहरुलाई अभिमुखिकरण दिइएको थियाे।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार