फागुन २६, सल्यान – सल्यानको बागचौरमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन प्रणाली सबलीकरण परियोजना राष्ट्रिय परिचय तथा पंञ्जीकरण विभागको समन्वय, युनिसेफ र सेभद चिल्ड्रेनको सहयोग साथै सिविस नेपालको व्यवस्थापनमा अपाङ्गता पहिचान र परिचय पत्र वितरण सम्बन्धि स्थानीय अपाङ्गता समन्वय समितिको लागि २ दिने अभिमुखीकरण तालिम सुरु भएको छ ।

तालिममा अपाङ्गता परिचयपत्र वितरणका लागि स्थानीय सरकारलाई जिम्मेवारी दिएकाले उक्त प्रणालीलाई कसरी व्यवस्थित तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिईएको थियो ।

अपांग व्यक्तिहरुको वर्ग छुट्याउनलाई कसरी पहिचान गर्ने र त्यसका आधार र अवधारणाहरु के के छन भन्ने विषयमा पनि प्रष्ट पारिएको थियो ।

उक्त तालिममा राष्ट्रिय अपांग महासंघ पुर्व केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदी र अपाङ्गता विशेषज्ञ सुर्यभक्त प्रजापतिले प्रशिक्षण दिएका थिए ।

त्यस्तै तालिमको महत्त्व र उद्देश्यका विषयमा सेभद चिल्ड्रेन वरिष्ठ परियोजना संयोजक पुष्कर काफ्ने र सिविस परियोजना संयोजक उमङ्ग मैनालीले प्रष्ट पारेका थिए । तालिममा सेभद चिल्ड्रेन सल्यानका सामाजिक परिचालक अधिकृत चुडामणी वलीले तालिम सहजीकरण कार्यमा सहयोग गरेका थिए ।

तालिममा अपांग सम्बन्धि स्थानीय समन्यन समिति, नगरपालिकाका सम्पुर्ण शाखाका प्रमुख, अपांग व्यक्ति तथा यश सम्बन्धि कार्यक्रम गरिरहेका परियोजनाका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

 

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार