फागुन २६ काठमाडौ – आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि सुरक्षार्थ आवश्यक म्यादी प्रहरी भर्ना बारे अहिलेसम्म कुनै आधिकारिक रुपमा सुचना प्रकाशन वा प्रसारण नभएको नेपाल प्रहरीले स्पष्ट पारेको छ।

बिहीबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै यसअघि नै विभिन्न मिडिया मार्फत म्यादी प्रहरी भर्ना सम्बन्धि अनेक विषयहरु राखेका सामाग्रीहरु सार्वजनिक भएको प्रति ध्यानाकर्षण भएको भन्दै प्रहरी प्रधान कार्यालयले अहिलेसम्म म्यादी भर्ना बारे कुनैपनि पुर्व तयारीका लागि आधिकारिक निर्णय नभएको बताएको छ।

यसपछि आगामी दिनमा भने आवश्यक पर्ने म्यादी प्रहरी सम्बन्धि आधिकारिक सुचना नेपाल प्रहरीको वेभसाइड तथा सार्वजनिक मिडियाहरुबाट आधिकारिक रुपमा सार्वजनिक गरिने र अहिलेसम्म आएका सुचनाहरुमाकाे आधारमा भ्रममा नपर्न समेत बताएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २६ गते बिहिवार