फागुन २५ राेल्पा – परिवर्तन गाउँपालिका वडा नं.२ साविक राङ्सी गाविसलाई बुधबार पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ ।

साेहि कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुन सिजलले जब स्थानीय तह निर्माण भयो तब गाउँले विकासको गति लिएकाे बताएका छन। परिवर्तन गाउँपालिका वडा नं. २ रोल्पा जिल्लाको पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा हुन सफल भएकोमा पालिका तथा जिल्लाको गौरव भएको बताउदै पुर्ण सरसफाइ वडा घोषणा हुनु संघीयताको भावना मर्म अनुसार भएको जाेड दिए । पुनले पालिका प्रमुख तथा वडा अध्यक्षको यो नमूना कार्यले वास्तविक पहिचान चिनाएको समेत बताए।

“राङ्सीको विकास, सभ्यता र समृद्धि पूर्ण सरसफाई उन्मुख हाम्रो जीवन पद्धति” भन्ने मुल नाराका साथ एक कार्यक्रमका बिच पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो । परिवर्तन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बुढामगरको अध्यक्षतमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य पुन रहेका थिए भने विशिष्ट अतिथिमा परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी रहेका थिए।

पूर्ण सरसफाई उन्मुख वडा घोषणा कार्यक्रममा परिवर्तन गाउँपालिका २ का राजनीति दलका प्रमुख प्रतिनिधि, गैससका प्रमुख तथा प्रतिनिधि, स्थानीय बुद्धिजीवी, शिक्षक विद्यार्थी, सुरक्षा कर्मी, पत्रकार लगाएतको उपस्थित रहेको थियो । परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सी रोल्पा जिल्लाकाे पहिलो पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको गाउँपालिकाले बताएकाे छ।

परिवर्तन गाउँपालिका वडा नं. २ का वडा सदस्य खड्क प्रसाद वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका २ का वडा सचीव रेग बहादुर डाँगीले गरेका थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन २५ गते बुधवार