फागुन २५ रोल्पा – उद्योग वाणिज्य संघ राेल्पाकाे १८ औं साधारणसभा तथा ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा केशवकुमार आचार्य विजयी भएका छन्।
नेकपा एमाले निकटबाट उमेदवार दिएका आचार्यले उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतकाे पाँच दलिय गठबन्धनका वसन्त सुवेदीलाई तीन मतान्तरले पराजित गरेका हुन।
निर्वाचन समितिका अनुसार जम्मा एक हजार २ सय १८ मतदाता रहेको निर्वाचनमा भने ९८५ मत मात्र खसेकोमा विजयी हुने आचार्यले ४३७ र पराजित भएका सुवेदीले ४३४ मत पाएकाे बताएको छ।
संघकाे अन्य पदाधिकारीमा सदस्यमा अशोक आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा विजयी भएका छन्।
दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।