फागुन २४ सल्यान – कान्तिपुर सामुदायिक हस्पिटल प्रा.लि श्रीनगरले पहिलोपटक डिजिटल रङ्गिन भिडियो एक्स-रे सेवा सुरु गरेकाे छ ।

सल्यानको श्रीनगरस्थित विगत २५ वर्ष यता देखि बिरामीहरुलाई सेवा दिदै आएको  कान्तिपुर  सामुदायिकपुर हस्पिटल प्रालिले SonoScape P9 नामक डिजिटल रङ्गिन भिडियो एक्सरे भित्र्याएको छ। अब विरामीहरुलाइ सजिलै सेवा दिन सकिने हस्पिटल प्रशासनले बताएकाे छ।

बिरामीहरुकाे समस्यालाई मध्यनजर गरि अत्याधुनिक तरिकाले सेवा दिन र बिरामीहरुकाे सहजताका लागि साेमबार ल्याएर जडान गरि सेवा सुरु गरिएकाे हस्पिटलका संचालक सागर पाण्डेले बताए । साथै विभिन्न रोगको उपचार अत्याधुनिक तरिकाले गरिने भएकाले बिरामीहरुलाई एकपटक सेवा लिएर हेर्न पनि अनुरोध गरेका छन ।

हस्पिटलले दैनिक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विशेषज्ञ सेवा, भिडियाे एक्स-रे,आधुनिक ल्याब, थाइराइड (TFT) प्याप (PAP) Vitamin B12, vitamin D3, HBA1C आदिकाे जाँच, महिलाको पाठेघरकाे क्यान्सरको जाँच, माइनर अप्रेसन, बिरामी भर्ना, अक्सिजनकाे व्यवस्था, प्लाष्टर तथा रड तान्ने, मृगौलाकाे जाँच, हाेलबडी प्याकेज र २४ सै घण्टा एम्बुलेन्सकाे सेवा र MBBS डाक्टर तथा अनुभवी नर्सहरुद्वारा सेवा दिदै आएकाे छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार