आश्विन ४ दाङ – मलेसियामा दाङका एक युवाको मृत्युु भएको छ । गत आइतबार मलेसियाको निलाइ सेरेम्बानमा माेटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएको बताएको छ ।

घाइते मध्ये जिल्लाकाे बबई गाउपालिका ५ बबरपुर दाङका दिपक खड्काको उपचारका क्रममा मृत्यु भएको हाे । उनी दुर्घटनामा परे लगतै उनकाे मलेसिया स्थित Tuanka Jaafar Serembang Rasa Hospital उपचार भइरहेको थियाे । टाउकोमा गम्भीर चाेट लागेकाेे हुदा उनकाे अवस्था पहिले देखि नै गम्भीर रहेकाे अस्पताल स्राेतले बताएको छ । उनलाई भेन्टिलेटरमा राखेर रोजगारदाता कम्पनीले उपचार गराइएको थियाे ।

मोटरसाइकलमा उनी संगै सवार अर्का नेपाली पनि घाइते भएका थिए । उनकाे स्वास्थ अवस्था सामान्य रहेको पनि अस्पतालले बताएको छ । मोटरसाइकल अनियन्त्रित भइ गत हप्ता दुर्घटना भएको बताइएकाे छ ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार