फागुन २४ सल्यान – ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस बागचौर नगरपालिकाकाले पनि १२ वटै वडामा विविध कार्यक्रम गरि मनाएकाे छ।

नगरपालिकाले १२ वटै वडालाई विविध कार्यक्रम सहित नारी दिवस मनाउन कार्यक्रम ताेकेरै निर्देशन दिएकाे थियाे। जसअनुसार खुला भलिबल प्रतियोगिता पुरस्कार राशि क्रमश: नगद ५०००,३००० र २००० हजार निर्धारण गरेकाे थियाे भने आमा समूह बित एक टिममा तिनजना हुनेगरि हाजिर जवाफ प्रतियोगिता जसमा पुरस्कार राशि क्रमशः नगद ३०००,१५०० र १००० पुरस्कार थियाे भने खुला वक्तृत्वकला प्रतियोगिता पुरस्कार राशि क्रमशः नगद १०००,७०० र ५०० र खुला लाेकगीत प्रतियोगिता पुरस्कार राशि क्रमशः नगद १०००,७०० र ५०० निर्धारण गरि साेहि अनुसार मनाउन नगरपालिकाले सम्बन्धित वडा सबैलाई निर्देशन दिएकाे थियाे ।

उक्त दिवसकाे अवसरमा भएका विविध कार्यक्रममा सम्बन्धित वडाका भव्य रुपले सम्पन्न भयका छन । वडा नं. २ को कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख लोकमान बुढाथोकी र विशिष्ट अतिथि नगर उप-प्रमुख कल्पना पुन उपस्थित थिए भने अन्य वडाहरुमा सम्बन्धित वडाका अध्यक्ष सहित सबै जनप्रतिनिधिहरु सहित महिला वर्गकाे उल्लेखिय सहभागीतामा स्थानीय लगाएतकाे उपस्थितिमा सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ ।

वडा नं. ११ मा नगर उप-प्रमुख कल्पना पुनको प्रमुख आतिथ्यतामम कार्यक्रम भएको थियो । यस्तै  वडा नं. १२ मा भने विविध कार्यक्रमहरु भोलिसम्म चल्ने वडा कार्यालयले जनाएको छ । सबै वडा कार्यालय/वडा अध्यक्ष, वडा सदस्यज्युहरुको सक्रियतामा महिलाहरुको व्यापक सहभागीता सहित सम्पन्न भएका छन ।

फाेटाे फिचर

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार