फागुन २४ काठमाडौ – आफ्नै श्रीमती हत्या गरेकाे आराेपमा एक जना ६ वर्षपछि पक्राउ परेका छन।

पक्राउ पर्नेमा वैदेशिक राेजगारका लागि कतार पुगेका सिराह बिसनपुर गाउँपालिका-०५ का विक्की मुस्कान भनिने भोगेन्द्र यादवलाई साेमबार कतारबाट प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाको समन्वयमा र कतार प्रहरीको सहयोगमा पक्राउ गरेर नेपाल ल्याइएकाे महानगरीय अपराध महाशाखाले जनाएको छ।

२०७२ वैशाख १५ गते बिहान करिब साढे ९ बजेतिर सिराह बिसनपुर गाउँपालिका-०५ स्थायी घर भएकी २५ वर्षिय आरती परियार (यादव) लाई ललितपुर लेले ९ फैडोल स्थित PIA Park जाने बाटोको जंगलमा धारिलो हतियारले घाटी रेटी हत्या गरिएको अवस्थामा मृत लाश फेला परेको घटनामा उनकै श्रीमान भाेगेन्द्र संलग्न रहेका पाइए पछि पक्राउ गरिएको महाशाखाले जनाएको छ।

कतार प्रहरीकाे सहयाेगमा कतार बाट प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाको टाेलीले नेपाल ल्याएर अनुसन्धानको लागी महानगरिय अपराध महाशाखालाई बुझाएकाेमा थप अनुसन्धान र आवश्यक कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत चापागाउँ ललितपुर पठाईएकाे महाशाखाले जनाएको छ

प्रकाशित मिति : २०७८ फाल्गुन २४ गते मङ्गलवार