आश्विन ४ राेल्पा – जिल्लाकाे गंगादेव गाउपालिकामा ८ जनाको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । पिसिआर परीक्षणकाेे लागि ३५ जनाको स्वाव संकलन गरि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको थियाे । जस मध्ये ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको हाे ।

रिपोर्ट पोजिटिभ आउनेहरुमा वडा नम्बर २ का वर्ष १८ र २२ का दुई पुरुष ,वडा नम्बर ४ का वर्ष २८ र ३२ का दुई पुरुष र वर्ष २२ एक महिला रहेका छन । त्यसैगरी वडा नम्बर ५ का वर्ष ४५ का एक पुरुष, वडा नम्बर ७ का वर्ष ३९ का एक महिला र बर्ष ४७ का एक पुरुष गरि जम्मा आठ जनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएकाे छ ।

गाउपालिकाले सार्वजनिक गरेकाे पालिका सिल सम्बन्धि सुचना

काेराेना पाेजिटिभ रिपोर्ट आउना साथ गाउपालिका एक हप्ताको लागि पुर्ण रुपमा सिल गरिने निर्णय गरिएको छ भने कोरोना पोजेटिभ देखिएका ८ जनालाई जिल्ला आइसाेलेशन सेन्टर लिवाङ पठाउने तयारी गरिएको गंगादेव स्वास्थ्य शाखा प्रमुख त्रिभुवन सिंह घर्तिलाई उदृत गर्दै गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार