फागुन २२ काठमाडौ – बलात्कार आराेप लागेका नेकपा एमालेका मुगुबाट निर्वाचित सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकले बानियाँलाई सांसद पदबाट निलम्बन गरेको हो । उनी विरुद्ध जाहेरी परेकै दिन संसद बैठकमा सहभागी हन भन्दै बानियाँ नेपालगन्जबाट काठमाडौ उडेका थिए।

आराेपपछि प्रहरीको सम्पर्कमै रहेर बानियाँले आफू प्रहरी समक्ष आफै उपस्थित हुने प्रतिक्रिया दिदै आएका बानियाँ गत १६ गते आफू नेपालगन्ज आउनकाे लागेकाे प्रहरीलाई पहिले नै खबर गरे अनुसार नेपालगन्ज विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई पक्राउ गरेको थियो । अहिले अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

बानियाँ विरुद्ध गत माघ २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जुम्लाकि एक ४० वर्षिय शिक्षिकाले गत १९ गते राति नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले आफुमाथि जबर्जस्ती दुईपटक बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकि थिइन।

उनिहरु बिचमा विगत देखि नै सम्बन्ध रहे पनि केही आर्थिक लेनदेनकाे विषयमा कुरा नमिले पछि घटनाले यस्तो रुप लिएकाे उनिहरु निकटकाहरु बताउँछन्।

के भन्छन बानियाँ ?

उनले आर्थिक लेनदेनमा विवाद भएकाे स्पष्ट पार्दै आफुलाई फसाउन नियाेजित रुपमा त्यहि विवादकाे अवसर पारेर षड्यन्त्र गरेकाे दावी गरेका छन।

उनी भन्छन;” सत्यतथ्य नबुझी एउटा शिक्षिका सङ नाम जोडेर मेरो मान मर्दन माथी गम्भीर चोट पुगेको छ म सङ जोडियको शिक्षिका सङ चेक बाउन्स सम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम नि हुन सक्छ कि सक्दैन त्यो जो कोहीले नि अनुमान लगाउन सक्ने कुरा हो आबश्यक पर्दा धेरै प्रमाण हरु हामी सङ सुरक्षित छन यो बेज्यतिको ढोका नखोलौ भनेर चुप बसेको हो यो त घोका र बैमानी को ठुलो प्राकाष्ठा हो तेसैले मिडियाहरुले सत्य तथ्य बुझेर लेख्दा उचित होला कति मान्छे कसरी भिक्टिम भएका हुन्छन भन्ने नि बुझ्न जरुरी छ ।”

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार