फागुन २२ काठमाडौ – सशस्त्र द्वन्द्व तथा ऐतिहासिक जनआन्दोलनको क्रममा घाइते भइ अपांग भएका व्यक्तिलाई घाइते अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकनकाे लागि गृह मन्त्रालयले अन्तिम पटक भन्दै तीन महिना भित्रमा निवेदन पेश गर्न आग्रह गरेकाे छ।

शनिबार एक सुचना सार्वजनिक गर्दै मन्त्रालयले सशस्त्र द्वन्द्व तथा ऐतिहासिक जनआन्दोलनको क्रममा घाइते भइ अपांग भएका व्यक्तिलाई घाइते अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन (प्रथम संशोधनसहित) काे कार्यविधि २०७४ अनुसार नेपाल सरकारबाट पटकपटक विभिन्न समयमा गठित “द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनाकाे लागत कार्यदल” काे प्रतिवेदनमा नाम समावेश भएर पनि हाल सम्म प्रतिशत निर्धारण नभएका र आफ्नाे प्रतिशत कार्यदलबाट पुनः हेरफेर भएको भए पुनरावलोकनकाे लागि निवेदन पेश गर्न आग्रह गरेकाे छ।

निवेदन पेश गर्नका लागि आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सुचना सार्वजनिक भएकाे फागुन २१ शनिबार देखि लागू हुने गरि तीन महिना भित्रमा पेश गर्न मन्त्रालयले निर्देशन दिएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार