फागुन २१, सल्यान – बागचौर नगरपालिका वडा नं. ८ कोटमौलाको पोखरी डाँडामा बहुउद्देश्यीय भवनको बागचौर नगर प्रमुख लोकमान बुढाथोकीले शिलान्यास गरेका छन ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै बुढाथोकीले यस्ता किसिमका बहुउद्देश्यीय भवनहरु नगरपालिकाको ४ वटा वडामा निर्माण भैरहेको बताएका छन । उनले बहुउद्देश्यीय भवनहरुको निर्माण गर्नुको मुख्य उदेश्य नगरपालिका भित्र हुने विभिन्न खालका सार्बजनिक कार्यक्रमहरु सजिलैसँग गर्न सकिने रहेको बताए ।
त्यस्तै विभिन्न किसिमका खेलहरु ब्याड्मेन्टिन खेल खेल्न, बिहान-बिहान योगा गर्न, शारीरिक व्यायाम गर्न, सम्पुर्ण महिला दिदीबहिनीहरुका हरेक कार्यक्रम, वैठकहरु गर्न र बृद्वहरुलाई भलाकुसारी गर्न सजिलो होस भन्ने हेतुले यस्ता किसिमका भवनको निर्माण गर्न लागिएको बताए ।
बागचौर नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को बिनियोजित बजेटबाट वडा नं ८ कोटमौलाको पोखरी डाँडामा बहुउद्देश्यीय भवनको निर्माण भएको हो ।
भवन शिलान्यास कार्यक्रममा बागचौर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रोमु शाही, वडा सदस्यहरु, पत्रकार तथा आमाबुबा तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार