बेरोजगारी बस्नु रहर होइन ,बाध्यता हो। रोजगार नहुदाको अप्ठ्यारो वा बेइलमको असजिलो अवस्था र काम नपाउदाको कठिनाइ मलाई थाहा छ। नेपालमा जनसंख्या दिन प्रतिदिन बढदै गएको छ भने बेरोजगारी समस्या दिनहु जटिल बन्दै गएको छ। रोजगारीको लागि बिदेशमा जाने दाजु ,भाई दिदि ,बहिनीहरुले अनेकौं समस्या जेल्नु परेको छ। कति दाजुभाइ दलालबाट ठगिनु भएको छ भने कतिले बिदेशी भुमिमै ज्यान गुमाउनु परेको छ।
अर्को तिर बिरोजगारीका कारण काम र मामको खोजीमा बिदेश पसेकाहरुको पारिवारिक स्थिति भताभुङ भएको छ। परिवारमा निराशा छाएको छ ,गाउँघर शुन्य भएको छ। कृषिप्रधान जस्तो हाम्रो देश नेपालमा कृषि पढेका युवाहरु बिरोजगार बसेका छ्न। राजनीतिक अस्थिरता ,सामाजिक भेदभाव तथा जातीय र लैङ्गकि असमानता रहेकोले शैक्षिक बिरोजगारीको झन बिकराल बन्दै गएको छ।
पढेलेखेका भन्दा पहुँच हुनेहरुले रोजगार पाएका छन ।स्थानीय तहहरुमा स्थानीय जनप्रतिनिधिहरुले आ-आफ्ना छोराछोरीलाई भर्ती गर्ने भर्ती केन्द्र जस्तो बनाएका छ्न ।
गरिब दुखिका छोराछोरीले काम खोज्दा खोज्दा वाकदिक्क भएर निराश भएका छ्न। चिनजान छ ,आफ्नो मान्छे छ सबै छ छैन त केहि छैन जस्तो भएको छ। धनी मानी हुनेखानेको छोरा अमेरिका छ ,अस्ट्रेलिया छ, जापान छ,नहुनेको छोरा भारतमा छ ,खाडीमा छ। सक्छौ भने सबैलाई सम्मान व्यबहार देखाउ। देशमा महामारी भित्रिएको छ कतिको घर भित्र भोगमारी परेको छ कतिको संक्रमणको कारण मृत्यु समेत भएको छ। कतिले बिदेशमा दुख भोग्नु परेको छ ।