फागुन १८ काठमाडौ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियाेजनाले विभिन्न १० पदकाे लागि कर्मचारी माग गरेकाे छ।

अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) ले मंगलबार विज्ञापन सार्वजनिक गर्दै सहयाेगी देखि प्राेजेक्क म्यानेजर सम्मकाे पदका लागि कर्मचारी मागेकाे उल्लेख गरेकाे छ। योग्यता पुगेका इच्छुकले मंगलबारदेखि लागू हुनेगरि १५ दिन भित्र आवदेन दिन सक्नेछन।

गत आइतबार एमसिसी सम्झौता संसदबाट अनुमोदन भएपछि परियाेजना संचालन तथा कार्यान्वयनका लागि परियाेजनाले आफ्नाे व्यवस्थापनका कामहरु सुरु गरेकाे जनाएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार