फागुन १६, सल्यान – बागचौर नगरपालिकाले पाँच वर्षको अवधिमा सम्पन्न गरेका र हुँदै गरेका विकास योजनाहरुको प्रारम्भिक विवरण सार्वजनिक गर्नेक्रममा वडा नं.१० को विवरण पनि सार्वजनिक गरेको छ ।
पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका विकास योजनाहरुको प्रारम्भिक विवरण अनुसार वडा नं. १० को कुल जम्मा विनियोजित बजेट रकम १२ करोड १९ लाख १ हजार ६ सय ९७ रहेको नगरपालिकाले जानकारी दिएको छ ।
उक्त निर्माण सम्पन्न र निर्माण हुदै गरेका योजनाहरुको विवरण निम्नअनुसार रहेको छ :-
सडक तथा पुर्वाधार विकास तर्फ
१) सहिद रिङ रोड (लामी दवाली देखि कुरिचौर, मोख्ला मेला, भाटभिटे, घर्तिगाउँसम्म र बुढाथोकी गाउँ देखि आफल्लासम्म) क्रमागत ७३ लाख ७७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
२) कालाखेत, पिपलनेटा, बाउनथाना सडक स्तरोन्नति ३४ लाख, स्थानीय सरकार र प्रदेश सरकार साझेदारी ।
३) धिताल गाउँ, बुढाथोकी गाउँ हुँदै सिन्दुरेसम्म सडक २५ लाख, प्रदेश सरकार ।
४) कुरिचौर, माथिल्लो मोख्ला सडक ट्रयाक ओपन १२ लाख, स्थानीय सरकार ।
५) चयालगाउँ देखि बुरेलीसम्म सडक निर्माण तथा स्तरोन्नति ९ लाख, स्थानीय सरकार ।
६) दारिमबोट, खड्का गाउँ, बजाखोला सडक ट्रयाक ओपन ८ लाख ५० हजार ।
७) पारी जिउला सडक निर्माण १ लाख ५० हजार ।
८) गरले खोला दलित टोल सडक १ लाख ५० हजार ।
९) भाटभिटे, माथिल्लो मोख्ला सडक ४ लाख ।
१०) वडा कार्यालय देखि इन्द्राघरसम्म सडक निर्माण १ लाख ५० हजार ।
११) आफल्ला, डाँरिखोला सडक १ लाख ५० हजार ।
१२) तल्लो आफल्ला सडक १ लाख ।
१३) भाटभिटे बिचगाउँ सडक १ लाख ५० हजार ।
१४) बुढाथोकी गाउँ छरेपानी सडक १ लाख ५० हजार ।
१५) दुबेरिचौर सिमखोला सडक ५ लाख ।
१६) गोरानेटा स्यालागाउँ सडक ३ लाख ३० हजार ।
१७) लामी दवाली कुरिचौर सडक मर्मत (क्रमागत) १० लाख ९४ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१८) बुढाथोकी गाउँ, धिताल गाउँ, पिपलनेटा पैदल मार्ग ५ लाख १७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
१९) खरखरे, बडाचौर आफल्ला सडक २९ लाख ७७ हजार, स्थानीय सरकार, प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
२०) दुवेरिचौर वडा कार्यालय पैदलमार्ग निर्माण २ लाख ८८ हजार ५०० प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२१) सडकले भत्किएका नहर मर्मत र पैदलमार्ग निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२२) वडाका सम्पुर्ण सडक मर्मत (क्रमागत) ७ लाख ५० हजार ।
सडक पुर्वाधार विकास तर्फ जम्मा रु.२ करोड ४३ लाख २२ हजार ।
खानेपानी तर्फ
१) भाटभिटे लिफ्ट खानेपानी ८९ लाख (क्रमागत) जलबायु अनुकुलन कार्यक्रम, स्थानीय सरकार र संघीय सरकार साझेदारी ।
२) मोख्ला खानेपानी (क्रमागत) ३ लाख ५० हजार ।
३) मोख्ला दलित टोल खानेपानी २ लाख ।
४) भाटभिटे खानेपानी टंकी निर्माण ३ लाख ।
५) दुबेरिचौर खानेपानी टंकी निर्माण ३ लाख ।
६) दुबेरिचौर खानेपानी १ लाख ५० हजार ।
७) पौडेलगाउँ खानेपानी योजना (क्रमागत) ३ लाख ।
८) पाखापानी तजिखोला खानेपानी १ लाख ५० हजार ।
९) बित्लेटोल खानेपानी टंकी निर्माण १ लाख ।
१०) माजैडाँरी टाकुरा खानेपानी ५ लाख ।
११) खड्का गाउँ खानेपानी टंकी निर्माण १ लाख ।
१२) माथिल्लो आफल्ला खानेपानी २ लाख ५० हजार ।
१३) डाँरिखोला खानेपानी टंकी निर्माण १ लाख ५० हजार ।
१४) बुढाथोकी गाउँ खानेपानी २ लाख ।
१५) खड्का टोल खानेपानी १ लाख ५० हजार ।
१६) जम्मुछरा आरुबोट खानेपानी १ लाख ५० हजार ।
१७) गुहेखोला कलाथान खानेपानी १ लाख ।
१८) बाँसखोली खानेपानी १ लाख ।
१९) धितालगाउँ खानेपानी १ लाख ।
२०) पैयाखोला खानेपानी ७० हजार ।
२१) टिम्मुरे खानेपानी १ लाख ।
२२) टाकुरे टोल खानेपानी ७० हजार ।
२३) नारीपनेरा खानेपानी ३ लाख ५० हजार ।
२४) माथिल्लो धितालगाउँ खानेपानी ३ लाख ।
२५) चयालगाउँ खानेपानी १ लाख ५० हजार ।
२६) स्यालागाउँ खानेपानी (क्रमागत) ९ लाख ।
२७) धाराखोला, चयालगाउँ, जुम्लिगारे खानेपानी योजना ९ लाख ५० हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
२८) गरलेखोला खानेपानी २ लाख २५ हजार ।
२९) गरलेखोला दलित टोल खानेपानी १ लाख ।
३०) गरलेखोला खड्का गाउँ खानेपानी ७० हजार ।
३१) भरारी, बाउन टोल खानेपानी १ लाख ।
३२) दारिमबोट खानेपानी योजना २ लाख ।
३३) पिपलनेटा खानेपानी योजना १० लाख, स्थानीय सरकार ।
३४) पिपलनेटा स्वास्थ्य चौकी, महेन्द्र मावि खानेपानी योजना १३ लाख, स्थानीय सरकार र स्वच्छता परियोजना ।
३५) टाकुरी गाउँ खानेपानी निर्माण ३ लाख, स्थानीय सरकार ।
खानेपानी तर्फ जम्मा रु.१ करोड ८७ लाख ३५ हजार ।
सिचाइ तर्फ
१) चिसिधारी सिचाइ योजना ७२ लाख, प्रदेश सरकार ।
२) माथिल्लो पेदि सिचाइ योजना (क्रमागत) ५० लाख, प्रदेश सरकार ।
३) चार सल्ले सिचाइ योजना (क्रमागत) १९ लाख, प्रदेश सरकार ।
४) आठगरे सिचाइ कुलो १९ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
५) टाट्के सिचाइ कुलो २० लाख ७४ हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
६) देउली सिचाइ कुलो १४ लाख, प्रदेश सरकार ।
७) बगर टाट्के सिचाइ कुलो १३ लाख, प्रदेश सरकार ।
८) गरले सिचाइ कुलो १० लाख, प्रदेश सरकार ।
९) टाट्के सिचाइ कुलो ८ लाख, प्रदेश सरकार ।
१०) भुमेश्वर सिचाइ कुलो ८ लाख, प्रदेश सरकार ।
११) खरिबोट सिचाइ पोखरी ५ लाख, प्रदेश सरकार ।
१२) तल्लो पेदि सिचाइ योजना ६ लाख, प्रदेश सरकार ।
१३) तल्लो भुमेश्वर सिचाइ कुलो (क्रमागत) ७ लाख, स्थानीय सरकार ।
१४) लामीदवाली सिचाइ कुलो (क्रमागत) ७ लाख ५० हजार, स्थानीय सरकार ।
१५) पाँचगरे सिचाइ कुलो ५ लाख २५ हजार, स्थानीय सरकार ।
१६) ठुलाखेत सिचाइ कुलो (क्रमागत) ८ लाख, स्थानीय सरकार
१७) भुमेश्वर कुलो मोख्ला २ लाख ।
१८) दुबेरिचौर सिचाइ कुलो ३ लाख ।
१९) खरिबोट सिचाइ कुलो ३ लाख ५० हजार ।
२०) सुलिमारे सिचाइ पोखरी २ लाख ।
२१) बजाखोला सिचाइ पोखरी १ लाख ५० हजार ।
२२) धितालागाउँ सिचाइ पोखरी १ लाख ५० हजार ।
२३) चयालगाउँ सिचाइ पोखरी १ लाख ५० हजार ।
२४) स्यालागाउँ सिचाइ पोखरी १ लाख ५० हजार ।
२५) चौखे सिचाइ कुलो ३ लाख ।
सिचाइ तर्फ जम्मा रु.२ करोड २१ लाख ९९ हजार ।
विद्युत लाइन विस्तार तर्फ
१) बुढाथोकी गाउँ, माथिल्लो मोख्ला, स्यालागाउँ विद्युत लाइन विस्तार ७ लाख, स्थानीय सरकार । यसको कार्यान्वयन सँगै १० नं. वडा पुर्ण रूपमा उज्यालो वडा हुने क्रममा छ ।
शिक्षा पुर्वाधार विकास तर्फ
१) श्री महेन्द्र मावि पिपलनेटा
क) ६ कोठे पक्की भवन निर्माण ५० लाख, प्रदेश सरकार ।
ख) ४ कोठे पक्की भवन निर्माण ३६ लाख, स्थानीय सरकार (सशर्त अनुदान)
ग) घेराबार, पक्की वाल र प्रवेश द्वार निर्माण २९ लाख, स्थानीय सरकार ।
घ) wash शौचालय निर्माण तथा खानेपानी व्यवस्थापन ८ लाख, स्थानीय सरकार । (कार्यान्वयन हुन बाँकी)
ङ) विज्ञान प्रयोगशाला ६ लाख ५० हजार, स्थानीय सरकार (सशर्त अनुदान)
च) ICT ल्याब ६ लाख ५० हजार, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)
छ) सरस्वती मन्दिर निर्माण ३ लाख, स्थानीय सरकार (कार्यान्वयन हुन बाँकी)
ज) विद्युत वाइरिङ, सोलार पावर व्यवस्थापन ३ लाख, स्थानीय सरकार (कार्यान्वयन हुन बाँकी)
झ) शिक्षण सहयोग अनुदान ४ लाख २९ हजार, स्थानीय सरकार ।
२) श्री सरस्वती आवि भाटभिटे
क) खानेपानी व्यवस्थापन ५० हजार ।
ख) हाता घेराबार १ लाख ।
ग) शैक्षिक सामाग्री खरिद तथा भवन निर्माण १० लाख ।
घ) भवन मर्मत तथा सिढी निर्माण ५ लाख ।
ङ) शौचालय निर्माण ५ लाख ।
ङ) खेलमैदान निर्माण ३ लाख ।
च) शैक्षिक गुणस्तर अभिवृद्धि २ लाख ।
छ) कार्यालय व्यवस्थापन तथा फर्निचर खरिद ३ लाख ।
ज) शिक्षण सहयोग अनुदान २ लाख ५० हजार ।
झ) प्रावि तहको १ स्थायी दरबन्दी समेत मिलान गरेर थप गरिएको ।
ञ) स्थानीय सरकारबाट नमुना विद्यालयको अवधारणामा व्यवस्थित गर्नेगरि यस विद्यालयलाई छनोट गरि हाल कक्षा ०-५ बाट कक्षा ०-८ संचालनको लागि अनुमति समेत प्रदान गरि हाल कक्षा ६ संचालनमा रहेको ।
३) श्री सितला आवि चयालगाउँ
क) दुई कोठे भवन निर्माण १० लाख, संघीय संसद विकास कोष ।
ख) खानेपानी व्यवस्थापन ३ लाख स्थानीय सरकार ।
४) श्री जनता आवि स्यालागाउँ
क) हाता घेराबार ८ लाख ५० हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
५) श्री धुर्वतारा आवि आफल्ला
क) शौचालय निर्माण १ लाख ।
ख) शिक्षण सहयोग अनुदान २ लाख ५० हजार ।
ग) १ बालविकास कोटा समेत मिलान गरिएको ।
शिक्षा पुर्वाधार विकास तर्फ जम्मा रु.२ करोड २ लाख ७९ हजार ।
सल्याब पुल र झोलुङ्गे पुल निर्माण
१)धोपाटे स्ल्याब पुल निर्माण २ लाख, स्थानीय सरकार ।
२) बडाचौर दारिमबोट सल्याब पुल निर्माण २ लाख ।
३) डाँरिखोला सल्याब पुल ११ लाख १७ हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
४) ठुला खेत सल्याब पुल निर्माण ५ लाख, स्थानीय सरकार ।
५) धोपाटे खोला झोलुङ्गे पुल निर्माण २६ लाख ५१ हजार १ सय ९७, स्थानीय सरकार र दातृ निकाय साझेदारी ।
सल्याब पुल र झोलुङ्गे पुल निर्माण तर्फ जम्मा रु ४६ लाख ६८ हजार १९७ ।
तटबन्ध निर्माण तर्फ
१) गरलेखोला शारदा खोला तटबन्ध निर्माण १० लाख, प्रदेश सरकार ।
२) धोपाटे खोला तटबन्ध निर्माण २० लाख, प्रदेश सरकार ।
तटबन्ध निर्माणमा जम्मा ३० लाख ।
पर्यटन प्रवर्द्धन तर्फ
१) शिव गुफा मोख्ला मन्दिर निर्माण, शौचालय, घेराबार र वाल निर्माण २३ लाख, स्थानीय सरकार ।
२) पिपलनेटा पिपल चौतारी निर्माण ३ लाख, स्थानीय सरकार ।
३) भाटभिटे पिपल चौतारी निर्माण १ लाख ।
४) भाटभिटे सहिद पार्क ५ लाख ।
पर्यटन प्रवर्द्धन तर्फ जम्मा रु.३२ लाख ।
स्वास्थ्य पुर्वाधार विकास तर्फ
१) पिपलनेटा स्वास्थ्य चौकी (भवन, शौचालय, घेराबार, खानेपानी टंकी, विद्युत वाइरिङ) १ करोड ६९ लाख, संघीय सरकार ।
२) स्वास्थ्य चौकी फर्निचर खरिद ४ लाख, स्थानीय सरकार ।
३) बर्थिङ सेन्टर संचालन ३ लाख, स्थानीय सरकार ।
४) स्वास्थ्य चौकी व्यवस्थापन अनुदान ७० हजार, स्थानीय सरकार ।
स्वास्थ्य पुर्वाधार विकास तर्फ जम्मा रु.१ करोड ७६ लाख ७० हजार ।
मसानघाट तथा समाधि स्थल प्रतिक्षालय निर्माण
१) लामिदवाली मसानघाट प्रतिक्षालय निर्माण ३ लाख ।
२) धोपाघाट मसानघाट प्रतिक्षालय निर्माण ५ लाख ८८ हजार ५०० । स्थानीय सरकार र प्रधानमन्त्री रोजागार कार्यक्रम साझेदारी ।
३) भुवाटाकुरा समाधी स्थल प्रतिक्षालय निर्माण २ लाख ।
४) धारापानी समाधी स्थल प्रतिक्षालय निर्माण २ लाख ।
५) धोपाटेघाट डाँरिखोला समाधी स्थल प्रतिक्षालय निर्माण ३ लाख ।
मसानघाट तथा समाधि स्थल प्रतिक्षालय निर्माण तर्फ जम्मा रु.१५ लाख ८८ हजार ५०० ।
अन्य विविध तर्फ
१) वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना ६ लाख
२) लक्षित वर्गका सिपमुलक तालीम (स्विटर बुनाइ, मुढा बुनाई, च्याउ खेती तालीम) ४ लाख ७० हजार ।
३) प्लास्टिक टनेल निर्माण ६ वटा ६० हजार ।
४) भकारो सुधार अनुदान ५ वटा ५० हजार ।
५) रिचार्ज पोखरी निर्माण १० लाख ९४ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
६) खरको छाना विस्थापित कार्यक्रम (५ वटा घर) २ लाख ५० हजार, संघीय सरकार ।
७) जनता आवास कार्यक्रम (१ वटा घर) ३ लाख, संघीय सरकार ।
अन्य विविध तर्फ जम्मा रु.२८ लाख २४ हजार ।
बागचौर नगरपालिकाले १२ वटै वडाका ५ वर्षिय प्रारम्भिक विकास योजनाहरु क्रमागत रुपमा सार्वजनिक गर्ने सुचना अधिकारी तिर्थराज डाँगीले जानकारी दिएका छन । यश अघि नगरपालिकाले वडा नं.१, ३, ६, र ११ को ५ वर्षिय प्रारम्भिक विकास योजनाहरु सार्वजनिक गरिसकेको छ ।