फागुन १५ मोरङ – विद्यालय गएकि बालिकालाई बलात्कार गरि हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेकाे छ।
लेटाङ नगरपालिका-८ कि १२ बर्षीया बालिकाकाे बलात्कार पछि हत्या गरेकाे अभियाेगमा मोरङ लेटाङ-८ का ६४ वर्षीय दिपक गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेकाे हाे।
गत ११ गते बिहान विद्यालय गएकि बालिका बेलुकी अवेरसम्म पनि घर नफर्किए पछि परिवारका सदस्यले सोही दिन ईलाका प्रहरी कार्यालय लेटाङमा जानकारी गराए पश्चात १३ गते बिहान खोज तलासमा खटिएको प्रहरी टोलीले बालिकाको घर देखि ३ किलो मिटर दक्षिण लेटाङ-८ लाल हिरा सामुदायिक वनमा बालिकाको शव ढुङ्गाले छोपी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।
अभियुक्त गिरीको घर पछाडि रहेको खोल्सामा स्कुलको लोगो रहेको बेल्टको बक्कल र कडी, जुत्ताको सोलको भाग, ज्याकेटको बटमहरू, फ्राकको खिपहरू खरानीको थुप्रोमा डढेको अवस्थामा र नजिकै लाईटर समेत फेला पारेको थियो ।
बालिका अध्यनरत जाँते उच्च माध्यमिक विद्यालय छुट्टी भई लेटाङ-८ स्थित जंगलको बाटो हुदै घर फर्कदै गरेको अवस्थामा गिरीले बालिकालाई एक्लै देखि पछ्याउदै गई बिच जंगलमा पुगेपछि फकाई फुल्याई जंगल भित्रको छोटो बाटो जाँदा छिटो पुगिन्छ भनि केही पर लिएर बलात्कार गरी घाँटी थिचि हत्या गरेर नजिकै रहेको खोल्सामा शवलाई घोप्टो पारी ढुंगाले छोपेको अनुसन्धानबाट खुलेकाे र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।